शुक्रबार, असार १२, २०८३

हृदयघातका कारण जापानमा एक नेपालीको मृत्यु

टोकियो । कुक भिषामा जापान आएका पाण्डप थापा मगरको हृदयघातको कारण मृत्यु भएको छ ।

काठमान्डौ बालुवाटार ४ स्थायी घर भइ हाल जापानको कामतामा बसोबास गरिरहेका ३९ बर्षका मगरलाइ अस्ति १७ तारिख ११स्३० बजे राती उनकी श्रीमतीले ढोकामा ढलिरहेको अवस्थामा भेटिएकी थिइन । घरबाट बाहिर निस्कन खोज्दा एक्कासी ढलेको र टाँउकोमा केही चोट लागेको मृतकका साइला दाइ ओम थापा मगरले जानकारी दिनुभयो ।

अचेत अवस्थामै एम्बुलेन्स बोलाएर अस्पताल पुर्याएको र चेक जाँच पश्चात रातको १२:३३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । इकेगामी प्रहरी कार्यलयको अनुसन्धान र अस्पतालले निजको मृत्यु हृदयघातको कारण भएको सिटी स्क्यान मार्फत प्रस्ट भएपछि थप पोष्ट मार्टम गर्नु नपर्ने पारिवारिक स्रोतले जनाएको छ ।

मृतकका श्रीमती सोनु थापा मगर जापानमा डिपेन्डेन्ट भिषामा बस्दै आइरहेकी छिन भने ५ बर्षिय छोरी नेपालमा छन । मृतकको ओमोरी स्योकिबोमा दाहसंस्कार गर्ने कार्यक्रम रहेको समेत परिबारले जनाएको छ ।

यसै वीच नेपाल मगरसंघ जापानका अध्यक्ष ओम काउचा मगरले नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानसंग समन्वय गरी मृतक परिबार प्रति सहयोग र सहानुभुति देखाउदै सहयोग संकलन गर्ने भएको छ । जापानबासी सबै एकल जातिय संस्था एनआरएन जापान तथा नेपाली संघ संस्थाहरुलाइ अभियानमा साथ दिन हार्दिक अनुरोध समेत गर्नुभएको छ ।