शुक्रबार, चैत १६, २०८०

प्रेम गीत ३ अक्टोबर ३० तारिख जापानको फुकूयामा शीमा प्रदर्शन हुने

जापान । बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ अक्टोबर ३० तारिख जापानको फुकूयामा शीमा प्रदर्शन हुने भएको छ । अधिकतम चर्चामा आएको प्रेम गीत ३ फुकूयामा शीमा अक्टोबर ३० तारिख प्रदर्शन हुने भएको हो ।

चलचित्र प्रेम गीत ३ सेप्टेम्बर २३ बाट विश्वभर रिलिज भएता पनि जापानमा भने सेप्टेम्बर २४ बाट मात्र प्रदर्शनींमा आएको थियो । जापानको विभिन्न शहरमा सफल शो गरेको र फुकूयामा शीमा अक्टोबर ३० तारिख प्रदर्शन हुन लागेको खाबुसिकी खाईस्या सेभेन सामुराई ईन्टरनेशनलका संचालक तथा प्रबन्धक रेशम कुमार डंगोलले जानकारी दिनुभयो ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेको यस फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

यस चलचित्रको जापान अफिसियल डिष्ट्रिब्यूटर सेभेन सामुराई ईन्टरनेशनल कम्पनी, सिटी एक्सप्रेस जापानले ईभेन्ट पार्टनर र ग्लोबल मल्टीमिडिया प्रा.लिले ब्यवस्थापन गरेको छ ।

जापानको फुकूयामा शीमा अक्टोबर ३० तारिख गोगोसेसेरोले त्यस क्षेत्रको शो को जिम्मा पाएको छ ।