जापान । गुल्मेली समाज जापानले विजया दशमी, दिपावली तथा छठ पर्व २०७९ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । हिन्दु नेपालीहरूको महान चाडको अवसरमा एक आपसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रम २२ अक्टोबरमा सोलमारी मुरा हल शिनओकूबोमा दिउँसो २ बजे देखि सुरु हुने समाजका कार्यवाहक अध्यक्ष राम प्रसाद ढकालले जानकारी दिनुभयो । दशैं(तिहार, छठ, ल्होसार लगाएत चाडहरुको शुभकामना आदान प्रदान कार्यक्रममा जापानबासी सम्पुर्ण गुल्मेलीलाई उपस्थित हुन समेत अनुरोध गरिएको छ।

