जापान । गुन्मा केनमा नेपाली महिलाको सुत्केरी अवस्थामा निधन भएको छ ।
जापानको गुन्मा प्रान्तको इसेसाकी नगरमा बसोबास गर्दै आउनु भएकी नेपाल स्याङ्जा घर हुनुभएकि ४२ बर्षकी गीता कुमारी गुरुङ (सविना गुरुङ) को शनिवार मध्यरात असमायिक निधन भएको छ हो ।
गुन्मा स्थित नेपाली साझा समाजका अध्यक्ष बुद्वी शेरचनले दिनुभएको जानकारी अनुसार गुन्मा केन इसेसाकी स्थित एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
एक महिना अघी छोरीलाई जन्मदिनुभएकी सविनाको सुत्केरी भएपछि रक्तश्राव रोकिएको थिएन । स्थानिय अस्पतालमा उपचार सम्भव नदेखिएपछी अर्को अस्पताल लगिएकोमा उक्त अस्पतालले ढिलोगरी ल्याएको आशय सहित बचाउन नसकिएको बताउँदै सविनाको निधन हुन पुगेको गएराती परिवारलाई जानकारी गराएको हो ।
निरन्तरको रक्तश्राव नरोकिएकै कारण सविनाको निधन हुन पुगेको बताइएको छ । असामयिक निधन हुन पुग्नुभएकी सविनाको नवजात छोरीको अवस्था भने सामान्य रहेको छ ।
हाल मृत्युकको शव इसेसाकी सिटी शव व्यवस्थान गृहमा राखिएको शेरचनले जानकारी दिनुभयो ।

