शुक्रबार, असार १२, २०८३

लमजुङ समाज जापानको दोश्रो अधिवेशन सम्पन्न : अध्यक्षमा गुणिमाया गुरुङ चयन

टोकियो । लमजुङ समाज जापानले दोश्रो अधिवेशनले सम्पन्न भएको छ । जापानमा रहेका लमजुङगेहरुको संस्था लमजुङ समाज जापानको टोकियोमा भएको दोश्रो अधिवेशनले अध्यक्षसहित सम्पूर्ण कार्यसमिती सर्वसम्मत चयन गरेको छ।

दोश्रो अधिवेशनले अध्यक्षमा गुणिमाया गुरुङ सहित १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा लिल गुरुङ(नमस्ते) सोम गुरुङ(क), दामोदार घिताल र रुपी दुरालाई चयन गरेको छ ।

समाजको महासचिवमा लोक दोहोरी प्रतिष्ठानका जापानका अध्यक्ष महेन्द्र न्यौपाने, सचिवमा रमेश दुरा, कोषध्यक्षमा डिनु कुमारी गुरुङ र सह-कोषाध्यक्षमा सोम गुरुङ(ख) चयन भएका छन । कार्यसमितीको सदस्यहरुमा गिता घले, हिमाल गुरुङ, भोज गुरुङ, सुवास गुरुङ, दिपजङ घले, आभास गुरुङ, सुरेन्द्र गुरुङ र रोशन गुरुङ चुनिएका छन ।

अधिवेशनले ऋतु दुरा, शिवहरी पौडेल, बुद्धिराज घिमिरे, थमबहादुर गुरुङ, मनोज घले, शैलेन्द्र मिश्र र मिनराशी गुरुङलाई सल्लाहकारमा चयन गरेको छ ।