सस्मिता खड्का, जापान । नेपाली हिन्दुहरुको महान चाड बडा दशैको बिशेष अबसरमा जापानको सिजुओकामा यहि असोज १९ गते अर्थात् अक्टोबर ५ तारिख शुभकामना आदानप्रदान तथा शुभ साइतमा टीका ग्रहणको कार्यक्रम सन्चालन गरिने भएको छ ।
सिजुओका केन फुजिनोमिया शि मा अबस्थित ACC International College maa अध्ययनरत सम्पूर्ण नेपाली बिद्यार्थिहरु तथा यहाँ बस्दै आउनुभएको नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु योदोगावा च्योमा अबस्थित सन्देश रेष्टुरेण्टमा भेला भइ दशै बिशेष रमाइलो कार्यक्रम सन्चालन गरिने भएको हो ।
कार्यक्रमको संयोजन टेक बस्नेतले गर्नुभएको र योदोगावा आसपासमा बस्नु हुने नेपाली दाजूभाई दिदीबहिनीहरुलाई सामूहिक टिका कार्यक्रममा सहभागिको लागि अनुरोध समेत गरेको छ ।

