जापान । नेपालको सबै भन्दा बढ़ी जनसंख्या भएको आदिवासी जनजाति मगर जातीको संस्कार, संस्कृति र परम्परामा आधारित मगर चलचित्र ‘रोस्’ को ट्रेलर सार्वजनिक भएको छ ।
जि.एम स्टुडियोको प्रस्तुती र सुनारी फिल्मस् प्रालिको सहकार्यमा निर्माण गरिएको मगर चलचित्र ‘रोस्’ को ट्रेलर सार्वजनिक संगै मगरभाषाको चलचित्रमा थप नयॉं आकर्षण बढेको छ ।
पाल्पाको निस्दी गाउँपालिकाको गल्धा, खरकडाँडा लगायत पालिकाका विभिन्न स्थानहरुमा छायांकन गरिएको यस चलचित्रमा लोपहुन लागेको घाटु नाचलाई मुख्य बिन्दु बनाएर पुरुष कलाकार नाच्न किन मिल्दैन भन्ने विषयको उठान समेत गरिएको छ । चलचित्रमा निस्दीको गल्धा, मित्याल, झिरुबास, ज्यामिरे लगायतका विभिन्न स्थानहरुमा बैशाखको पूर्णिमा तिथिमा नचाइने घाटु नाचका साथैमगरी चालचलन र परम्परालाई नजिकबाट प्रस्तुत गरिएको छ ।
मगर समुदायको संस्कार, संस्कृति र परम्परामा चलचित्र आधारित चलचित्र ‘रोस्’ को अर्थ चलन हो। चलचित्रमा स्थानिय धन बहादुरबयम्बु मगर, बोम बहादुर बयम्बु मगर, जेनिसा सोती मगर र थानी सरा सुनारी मगर लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।सुनारी फिल्मस्को प्रोडक्सन डिजाईन तुल रूपा सारूमगर र इन्दिरा गर्बुजा मगरको निर्माणमा बनेको उक्त चलचित्रमा गणेश पिठाकोटोथापा मगर कार्यकारी निर्माता रहेका छन् ।
छायांकन तथा सम्पादनमा दिपेन बस्नेतले गरेको छन् भने जिएम स्टुडियोको ब्यानरमाबनेको उत्त चलचित्रको लेखन तथा निर्देशन बुद्ध्य सुनारी मगरले गरेको हो ।
यस अघि मगर चलचित्र मराङ् निर्माण गरेका निर्देशक सुनारीले तिहार लगत्तै ‘रोस्’ चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेको बताएको छ।

