सोमबार, भदौ ३१, २०८१

सांगितिक कार्यकमको लागि कन्दरा ब्याड टोकियोमा,तयारी पुरा

टोकियो, १ बैशाख । जापानमा पहिलो पटक सांगितिक कार्यकम लिएर आएको पोखराको चर्चित ब्यान्ड कन्दरा लाईभ सांगितिक कार्यक्रमको कन्दराको टोलि जापान आईपुगेको छ ।
यहि अप्रिल १६ तारिखमा हुने कन्दरा लाईभको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

कास्की पोखरा समाज जापानको आयोजनामा हुन गइरहेको साँगेतीक कार्यक्रमको लागि कन्दरा ब्यान्ड विहिवार जापान आइपुगेको हो । ब्याडको सदस्यहरुलाई आयोजकले स्वागत गरेका थिए । ब्यान्डलाई कास्की पोखरा समाज जापानका अध्यक्ष शिब पौडेल लगाएतले स्वागत गरेका हुन, नेपाली सांगितिक आकाशमा पोखरेली लोक तथा रकगितको मिश्रणगरी लोकप्रिय बनेको ब्याड मध्यको एक कन्दरा ब्याड हो ।

कन्दराले अप्रिल १६ तारिखमा जापानवासी नेपालीहरू विच आपनो २० भन्दा बढ़ी लोकप्रिय गितहरु प्रस्तुतगरी भरपुर मनोरञ्जन दिने सस्थाका महासचिव सुरेश लामिछानेले जानकारी दिए । कास्की पोखरा समाज जापानको आयोजनामा कन्दरा लाईभ ईन टोक्यो २०१७ आईतबारका दिन ओता कुमिन सेन्टरमा कामतामा हुने भएको हो ।

टोकियो लाईभ कार्यक्रमका लागि पोखरेली युवाहरुका विच चर्चित गायक बिनोद बानियाको पनि प्रस्तुति रहने छ ।
कन्दरा ब्याण्डका सदस्यहरुमा बिवेक श्रेष्ठ प्रमुख भोकलिष्ट हर्कबहादुर थापा, अविनाश गायक, बुद्धराज गुभाजु, अमित गुरुङ र अनिल गरुङ सहभागि हुनेछन् । आयोजक कास्कि पोखरा समाज जापानले कार्यकम सहभागि भई मनोरंजन लिईदिन हुन जापानवासी नेपालीलाई अनुरोध गरेको छ ।

kandaraतस्विर :- मोहन घले