बिहिबार, जेठ १४, २०८३

नुवाकोटका कलाकार करण तामाङले हात पारे अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौ । गायक, लेखक तथा निर्देशक करण तामाङले अन्तर्राष्ट्रिय अवार्ड हात पारेका छन् ।

जम्बुलिङ फिल्म्स प्रा.ली द्वारा आयोजना गरिएको Jambuling international Award 2022 मा Best New Tamang Selo Singer मा करण तामाङ अवार्ड विजेता बनेका हुन । तामाङ भाषाकाे जागरण गीत नाम्सा धिम गितबाट अवार्ड हात पारेका हुन् ।

बेलकाेटगढी नगरपालिका ४ सालखर्क नुवाकोट घर भई हाल काठमाडौंमा आफ्नाे व्यवसाय, उच्च शिक्षा अध्ययन सँगसँगै नेपाली कला संगीतमा यात्रा तय गर्दै राष्ट्रिय संगीतकर्मी संघ , तामाङ चलचित्र संघ , नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद अन्तर्गत कला संगीत तथा साहित्य सञ्जाल लगायतका संगठनहरुमा आवद्व रहेकाे तामाङले याे सहित दुई अवार्ड हात पारेको छ ।

ज्याेती फिल्मस् म्युजिक अवार्ड उनकाे पहिलो अवार्ड हाे भने याे अवार्ड दाेस्राे अवार्ड हाे । राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटकाे परिपक्क तवरले नेतृत्व सम्हालिरहेकाे तामाङले सम्पुर्ण कलाकारहरु एकरुपता भएर अघि बढ्न समेत अव्हान गरेका छन् ।

अवार्ड विजेता बन्नु थप जिम्मेवारी बढेकाे आभाष उनले गरेका छन् । तामाङले चार भन्दा बढी टेलीसिरेल र आधा दर्जनभन्दा बढी लघुचलचित्र लेखन तथा निर्देशन गरिसकेका छन् । साथै टेलीसिरेल तथा लघुचलचित्रहरुमा धेरैमा आफ्नाे अभिनय समेत गरेका छन् तर गायनमा भने नयाँ अनुहार हुन । थाेरै मात्र गित रेकर्ड गरेको छ । तर गितबाटै एक राष्ट्रिय र एक अन्तर्राष्ट्रिय गरि दुईवटा अवार्ड प्राप्त गरिसकेको छ । सिङगापुर र मलेसियामा भएको प्रदान गर्न अवार्ड बाँकी काठमाडौमा शुक्रबार प्रदान गरिएको हाे ।