शुक्रबार, असार ०१, २०८१

जनसम्पर्क समिति जापानले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

चन्द्र खनाल,टोकियो,३१ चैत । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानले नयाँ बर्षको अवसरमा जापानमा रहेका नेपालीहरुका विच शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्नेभएको छ ।
नेपाली समुदायले पर्वको रुपमा मनाईने नयाँवर्ष २०७४को अवसर पारेर जापानबासी सम्पूर्ण नेपालीहरु एकैठाउँमा भेलाभई शुभकामना साटा साट गरिने कार्यक्रम भएकाले सवैलाई उपस्थित हुन आव्हान गरिएको समितिका कार्यवाहक सभापति पुस्कर जंग थापाले बताउनु भयो ।
कार्यक्रम अप्रिल १५ गते शनिवार नेपाली मुरा हल, सोलमारी टोकियोमा दिउसो १२ बजे देखि ३ बजे सम्म सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।