बुधबार, माघ १८, २०७९

दशैं स्मरण : मेरो लागि कुनै चाडपर्व नै नआवस्

@सस्मिता खड्का, रामेछाप हाल जापान ।
-नेपालीहरुको महान पर्व विजयी दशमी अर्थात् बडा दशैं रमाईलो र पारिवारिक भेटघाटको जमर्को मिल्ने एकआपसको मिलनको पर्व पनि हो । दशैं गरीबहरुको लागि दशा बनेर आउछ त्यसको वास्तविक उदाहरण मैले आफैले भोगेको वास्तविक घटनालाई कोट्याउने कोसिस गरेको छु ।

हामी जस्तो बिकासोन्मुख देश नेपालको एउटा दुर्गम जिल्ला रामेछापको फुलासी गाबिस वडा नम्बर ३ चिनना्डे नामक एक हरियाली बस्तिमा २०५२ सालमा जन्मिएकी म, एक साधारण परिवारमा जन्मिएकी थिए । हजुरबुवाको एक्लो छोरा मेरो बुवा घरको बिडो खेपेर रातदिन दुख गरेर घरको गुजारा टार्नुहुन्थ्यो । घरको पाचौं सन्तानको रुपमा अर्थात अन्तिम अर्थात सन्तानकै कान्छी छोरिको रुपमा मेरो जन्म भएको थियो ।

घरको अबस्था सामान्य नै थियो । बुवा रातदिन कृषिमा कडा मेहनत गर्नुहुन्थ्यो । कहिलेकाही तास खेलेर भएको केही पैसा र जेथाहरुलाइ रित्याउने नशा उहाँमा परिसकेको रहेछ । जेनतेन दुख गरेर पाँच सन्तानलाइ हुर्काउने र आङ ढाक्ने एकसरो कपडा किनिदिने यो मेरी आमाको मजबुरी थियो भनौं या दायित्व? दिनहरु बित्दै गए दुई छाक खानको लागि केही सहज बन्दै गएको थियो । गरिब परिवारमा हुर्किएर मलाई कति दशै यादमा रहेनन् र छैनन् पनि ! रमाउने ,खाने, खेल्ने, हास्ने ,सपिङ्ग गर्ने यी कुराहरु त धेरै पछि थाहा भयो मलाई । दिनहरु ढल्किदै गए । गरिबी जहाँको त्यहीँ थियो हामी हुर्किदै गयौं खर्च बढ्दै गयो आम्दानी हुने बाटोहरु केही थिएनन । मलाई केही बर्षहरुमा बुवाले दशैमा घाङ्गर किनिदिएको याद त छ तर त्यो घाङ्गर सङ्गको खुशी मेरो मनस्पटलमा अहिले धेरै छैन ।
घरमा पैसा अभाब धेरै थियोतर पनि केही अन्न र फलफूल बेचेर केही खर्च टारिरनुपर्ने आमाबुबाको बाध्यता थियो । स्कुलमा महिनाको ३० रुपैयाँ फ्री बुझाउन नसकेर मेरो दाइ र दिदिलाइ नजिकको बिद्यालयले परिक्षाको अघिल्लो दिन निकालिदिएको थियो । साच्चै त्यो अभाब र संकट केबल मेरो परिवारलाई मात्र थियो जस्तो बल्ल अनुभुती अहिले महसुस गर्दैछु ।
घरमा पैसा नहुदा पनि बुवाले २०६० सालमा एक लाख रुपैयाँमा करिब २० रोपनी पाखोबारी किन्ने निर्णय गर्नुभएछ र तुरुन्तै पास गर्नुभयो तर अब घरमा पैसा छैन अब घरमा भएका बाख्रा भैंसी अन्नपात बेचेर केही मात्रामा त बुझाउनुभयो तर यति धेरै पैसा कहाँ थियो र ? घर व्यावहार झनै तहसनहस भैसकेको थियो यो सबै समस्याहरुलाइ समाधान गर्नको लागि एकजना मित बा सङ्ग नेपालबाट गाइ गोरू ईन्डिया लगेर बेच्ने काममा लाग्नुभयो । धेरै ऋणको तनाबले बुवा निकै लामो समयसम्म घर फर्किनुभएन त्यसपछी घरमा झन धेरै तनाब सृजना भयो।

एकातिर देशमा भैरहेको आन्दोलन अर्कातिर न फोन आउँछ बुवाको न चिठी ! करिब डेढ बर्ष यहि तनाबले पनि दशै कस्तो भयो, कसरी आयो र कसरी गयो ठम्याउन सकिएन ।
जब बुवा आउनुभयो अनि बिस्तारै खुशिहरु त पलाउन थाल्यो तर पारिवारिक अवस्था २० मा १९ भाको छैन । यहि कारण जेठो दाइले १० कक्षाको टेस्ट परीक्षा दिएर एसएलसि नै नदिइकन घर छाडेर शहर छिर्नुभएको थियो । काठ्माण्डौ आउनुभएको करिब ३ महिनापछी शशस्त्र प्रहरी बल हल्चोक मा भर्ना खुलेपछि सैन्य पदको लागि आबेदन दिनुभएको थियो र सोही टिमको छनोटमा परि तालिमको लागि नवलपरासी जिल्लामा खटाइएको थियो ।
द्वन्द्वकालको समयमा दाइको जागिरबाट पास आउट भएर काठ्माण्डौ आएपछीको पहिलो दशै अर्थात २०६२ सालको दशैमा दाइले जेठी दिदी र माहिली दिदिलाइ कुर्था सुरुवाल र मलाई भेस्ट कट्टु लगिदिनुभएको थियो । घाङ्गर र सुरुवाल लगाएर हुर्किएकी म पहिलोपटक मैले भेस्ट कट्टु लगाउने अबसर पाएको थिए। मैले भेस्ट कट्टु लगाएर खुशीले पल्लाघर अनि माख्लाघर एक फ्यानको मारेको थिए, दिमागमा अझै ताजै छ काकीहरुले ओहो एसपालिको दशैमा कान्छिलाइ भेस्ट कट्टु ल्याइदीएछ त जेठाले लौ कस्तो सुहाएको छ सानी मान्छेलाई ! ओहो ! हो त्यो वर्ष मलाई साच्चिकै दशै आएको थियो ।
मेरो मन रमाएको थियो खुशी भएकी थिए म ।
मनमनै अनेकौं सोच्दै ,रमाउदै, नाच्दै , उफृदै हिनेकी थिए । साच्चिकै त्यो समय , त्यो परिस्थिति अनि त्यो परिबेश कति आनन्दित थियो ।
न पिर , न कसैप्रती केही गुनासो , न काधमा जिम्मेवारी , न बर्तमानको पीडा, न भबिस्यको चिन्ता मात्र दशै लागेको थियो मेरो मनमा मात्र पिङ खेल्ने , केरा खाने , मासु खाने ,अनि लुगा लगाएर फुर्किदै हिन्ने मात्र यती शोखमा मैले त्यो मात्र दशै मनाय जुन मेरो जिबनको सबैभन्दा स्मरणीय र खुशिमय दशै बनेको थियो ।
त्यसपछी मेरो जिन्दगिमा कहिल्यै दशै आएन, आएको छैन र लाग्छ कहिल्यै आउदैन जस्तो !

समयको परिबर्तन सङ्गै आज हरेक खुशिहरु लुटिएका छन इच्छा र चाहानामाथि कसैको गिद्देनजर गढिएर बसेको छ । द्धन्दकालिन समयमा समाज र छिमेकिहरु सबै माओबादी निर्मित पश्चात् भए र हाम्रो परिवारको लागि अनेकौं दुख शोषण खेप्दै हाम्रो परिवारको दशै, तिहार वा अन्य चाडपर्वहरु कहिल्यै खुशी लिएर आउन सकेन ।
जब ठूलो भयौं अब त मनमा अनेकौं पीडा र सोचाइहरु थपिए जिम्मेवारी , दायित्व र समस्या हरु थपिदै गए यसपछी त झनै कहिले आउँछ र हामिलाइ दशै ? त्यसैले अब त लाग्छ कि मेरो लागि यो कुनै चाडपर्व नै नआवस र मैले यी कुनै अनुसरणमा पर्नु नपरोस् ।

%d bloggers like this: