शनिबार, बैशाख ०८, २०८१

म खोज्दै छु ‘मियो’

मिरा राजभण्डारी अमात्य,

म खोज्दै छु “मियो” आँफै “मियो” बनेर
आज राती सपनी मा तिमीलाई देखें “मियो”
“सियो देखी कात्रो” सम्म अरुका मुख ताक्नु पर्ने
मेरो देश
माउते बिनाको
जङली हात्ती
घाररघुरर गर्दै
हेर त्यो
“झ्याम्म” परेको
हरियो त्यो रुख
अनी रुखका “बचेँरा”को कन्त बिजोग भो
पानी दाना नपाएको चरी
सास फेर्न गाह्रो
अब त
बास पनि त हरियो ….
मलाई “दाइं” गर्नु छ
मेरो खेत बारीमा
त्यसैले
म “मियो” को खोजी मा छु
यो जङली हात्ती तह लाउन
एउटा “माउते” को खोजी मा छु
मेरो घर
मेरो सन्स्क्रिती र मेरो
अनी हाम्रो
पहिचान को सिमाँकन राख्न
कायम राख्न
तिम्रो पर्खाइ मा

दियो बालेर “मियो”
हली बिना को खेत झै बाँझो
मियो बिनाको “दाइं” जस्तो
ढुङ्गा पिनेर तेल निक्लन्न
हलो क्रान्तिको राज
“सुगौली” र “नाला पानी” को राज
युद्द हारेको होइन
आँफैले हराइएका “युद्द राजनीति” र “अन्ध भक्त”
मत्ता हात्ती र
मत्मतायका
माउते बिना को छाडा
एउटा “माउते” र
एउटा “मियो” जे भन
म खोज्दै छु आँफै “मियो” बनेर
कतामरी

#