जापान,३१ चैत । विगत लामो समय देखी बिभिन्न मुलुकहरुबाट देशमा रेमिट्यान्स भित्रयाउँदै आइरहेको सेवाप्रदायक कम्पनी इजी लिंक रेमिट्यान्सले देश तथा विदेशमा रहेका आफ्ना ग्राहकहरुलाई अझ सेवा दिने उद्धेश्यले जापानको ओसाकावाट इजी लिंक रेमिटको कारोवार सुरु गरेको छ ।
जापानभर कुल २२ वटा सेवा केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाइ छिटो, छरितो अनि सुलभ मूल्यमा नेपाल पैसा पठाउने स्तरिय सेवा प्रदान गर्दै आइरहेको विश्वासिलो अनि भरपर्दो रेमिट्यान्स कम्पनी इजी लिंक रेमिटले आफ्ना ग्राहकहरुको माग र स्तरिय सेवालाइ मध्यनजर गर्दै आफ्नो सेवालाइ बिस्तार गर्ने शिलशिलामा जापानको प्रख्यात शहर ओसाकाको मुटु मानिने उमेदामा रहेको योदोबासी क्यामेराको पछिल्लो पट्टि रहेको ओसाका स्पाइस एण्ड हलालफुडबाट आफ्नो सेवा बिस्तारलाइ थप गरेको छ ।
एक बर्ष अगाडीबाट संचालनमा रहेको ओसाका स्पाइस बाट इजी लिंकको रेमिट्यान्स सेवा समेत सुरु भएपछि ओसाका शहर र आसपासमा बसोबास गर्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाइ नेपाल पैसा पठाउन सजिलो हुने भएको छ । नेपालीहरुको उल्लेख्य मात्रामा बसोबास हुने शहर ओसाकामा रहेका नेपालीहरुलाइ मध्यनजर गर्दै इजी लिंक मार्फत नेपाल पैसा पठाउने सेवा समेत प्रदान गर्न पाउँदा उहाँहरु संगको हाम्रो सम्बन्ध अझ प्रगाड हुने कुरा स्पाइस एण्ड हलालफुड संचालक अनुप र सुनिता पौडेलले ब्यक्त गरे ।
इजी लिंक रेमिट्यान्सले जापानको बिभिन्न शहरहरुमा नेपालीहरुको जनघनत्व बढेसंगै आवश्यकता अनुसार हरेक शहरमा आफ्नो सेवा बिस्तार गर्दै जाने र आफ्ना ग्राहकहरुलाइ अझ स्तरिय सेवा प्रदान गर्ने साथै विगत एक बर्षदेखी इजी लिंकले आफ्ना ग्राहकहरुको लागी नेपाल पैसा पठाउँदा पहिलो पटक र हरेक तेस्रो पटक पैसा पठाउँदा कुनै शुल्क लिने गरेको छैन जसले गर्दा जापानमा रहेका नेपाली हरुमा इजी लिंक प्रतिको मोह दिनप्रतिदिन बढ्दै गइरहेको कुरा इजी लिंक जापानका बजार प्रबन्धक समिर जंग खडकाले जानकारी गराए ।
साथै सम्पुर्ण ग्राहकहरु, शुभचिन्तकहरु र आम नेपालीहरु प्रति २०७४ सालको शुभकामनासमेत ब्यक्त गरेको छ ।