बिहिबार, जेठ १४, २०८३

गोर्खाली भ्वाईस लोकदोहोरी प्रतियोगिताको सिजन १ मा पौडेल र सुनुवारको टिम प्रथम

जापान । गोर्खाली भ्वाईस लोकदोहोरी प्रतियोगिताको सिजन १ को समापन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
नारायण पौडेल र बिमला सुनुवारको टिम प्रथम भएको घोषणा गदै टोकियोमा भव्य रुपमा आईतवार जपानको टोकियो नेपालीमा एक कार्यक्रम गरी सम्पन्न भएको हो ।

नेपाली लोक संगितको क्षेत्रमा फरक नभएपनि फरक तरिकाले गर्ने सोचका साथ २०७९ बैशाख देखि सुरुभएको कार्यक्रमको शुभारम्भ देखि समापन कार्यक्रम जापानको टोकियो बाट गरिएको छ। कार्यक्रममा सहभागि पचास टिम बाट सुरुभएको कार्यक्रम नारायण पौडेल र विमला सुनुवारको टिम, बसन्त तिमिल्सेना र संगिता तामाङ टिम साथै लक्ष्मण घिमिरे र दिलु मगरको टिम क्रमश प्रथम, द्धितिय र तृतिय भएका छन्।

उक्त समापन समारोह कार्यक्रम निर्माता विश्वास आर्चायको सभापतित्वमा भएको थियो। कार्यक्रममा प्रमुख अतिथी जापान स्थित नेपाली राजदुताबासका प्रथम सचिव जितबहादुर कार्की उपस्थितिमा सम्पन्न भएको हो ।

प्रतियोगितामा निर्णायकको भुमिका परदेशी गायक सुर्य खड्का, चर्चित लोक गायक रामचन्द्र चन्द र गायिका टिका सानुले निर्वाह गर्नुभएको प्रतियोगिताका निर्देशक संजय पौड्यालले बताउनुभयो।

समापन समारोहका सभापति एव कार्यक्रम निर्माताले कार्यक्रमलाई भव्य र सब्य बनाउन प्रायोजन गरि सहयोग गरिदिनुहुने सम्पूण प्रायोजक, सहप्रायोजक र समापन समारोहमा उपस्थित प्रमुख अथिति, अथितिहरुको साथै कार्यक्रमक प्रतियोगिहरुलाई विशेष धन्यबाद दिनुभएको थियो।

कार्यक्रम सफल बनाउन उल्लेख्य भुमिका निर्वाह गर्नु भएकोमा सबैलाई आयोजक टीमले धन्यवाद व्यक्त गरेको थियो । कायक्रमको संचालन कार्यक्रम प्रस्तोता दिनेश गौतमले गर्नुभएको थियो ।