बिहिबार, असोज २४, २०८१

अिप्रल १६ मा सांगितिक धमाका कन्दरा लाईभ हुने

टोकियो,३० चैत । कास्की समाज जापानले आफ्नो पहिलो सांगीतिक कार्यक्रम यही अिप्रल १६ तारिक आईतबार कामता कामता कुमिन सेन्टरमा गर्ने भएको छ ।

अहिले चर्चामा रहेको कन्दरा ब्याण्डको साथै अन्य चर्चित कलाकारहरुको साथमा कार्यक्रम गर्न लागिएको हो। सन,१९९२ मा स्थापना भएको यो ब्याण्डले अहिलेसम्म “ चन्चले कान्छी, डाँडा पारी, हङकङ पोखरा, वर्षौपछि ” जस्ता चर्चित एल्बमरहरु श्रोताको सामु ल्याएको थियो।
कन्दाराको पछिल्लो एंव पचौं एल्बम “भेडीं गोठैमा” भने झन्डै दश वर्षको अन्तरालपछि पस्केर फेरि संगितपारखीहरुको मन जित्न सफल भएको छ । जापानमा कन्दरा ब्याण्डको यो पहिलो लाईभ भएको कारण पनि दर्शकको उल्यख्य सहभागिता हुने संयोजक तिमील्सिना बताउँछन्।
कन्दरा ब्याण्डका सदस्यहरुमा बिवेक श्रेष्ठ(प्रमुख भोकलिष्ट), हर्क बहादुर थापा, अविनाश गायक, बुध्द
राज गुबाजु, अमित गुरुङ र अनिल गरुङ का साथमा अन्य चर्चित कलाकारहरु पनि कार्यक्रममा सहभागी हुनेछन्।
“कन्दरा लाईभ ईन टोक्यो २०१७” र “माछापुच्छ्रे अन्नपुर्ण हाम्रो शान” शिक्षाको लागी कास्की पोखराको अभियान” नाराका साथ हुन लागेको कन्दरा लाईभ बाट बचेको आम्दानी कास्की क्षेत्रको शिक्षा विकाशको लागि सहयोग गरिने कार्यक्रमका संयोजक कृष्ण तिमिल्सिना बताउँछन्। टोक्यो एंव वरिपरि छरिएर रहनुभएका नेपाली दाजुभाई दिदी बहिनिहरुलाई यस लाईभ शो मा उपस्थित भएर नेपाली गित संगितलाई प्रोत्साहन दिन कास्की पोखरा समाज जापानका अध्यक्ष शिब प्रसाद पौडेलले अपिल गर्नुभएको छ।

यही अिप्रल १६ तारिक आईतबारका दिन आफ्नो समय मिलाएर कन्सर्टमा आएर नेपाली गित संगित लाई माया गरिदिनुहुन सम्पुण जापान बासी नेपालीमा अनुरोध गरिएको छ। कार्यक्रमको प्रचार प्रसारको जिम्मा नमस्ते टोकियो टि भि ले लिएको छ। कार्यक्रमको प्रचार प्रसार तिब्र रुपमा भईरहेको नमस्ते टोकियो टि भि का सन्चालत रोसन कार्कीले जानाकारी दिनुभयो।