बिहिबार, जेठ १४, २०८३

राजन पौडेलको प्रेमिल भावको गीत `बाचा कसम खाऊँ´ सार्वजनिक

टोकियो । जापानमा बस्दै आएका राजनकुमार पौडेल र बेनिसा पौडेलको स्वरमा रहेको प्रेमिल भावको गीत `बाचा कसम खाऊँ´ को भिडिओ डिजिटल बजारमा सार्वजनिक
रहेको प्रेमिल´ को भिडिओ डिजिटल बजारमा सार्वजनिक भएको छ ।

पौडेलको प्रेमिल भावको गीत `बाचा कसम खाऊँ´को भिडिओ डिजिटल बजारमा सोमवारबाट सार्वजनिक भएको हो । सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार राजकुमार बगरको शब्द / सङ्गीतमा रहेको यस गीतमा नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको छ ।

स्वयं गायक गायिकाले नै अभिनय गरेको यस गीतको भिडिओमा दुर्गा पौडेलको छायाङ्कन, विकास ज्ञवालीको सम्पादन, प्रसान्त मगरको नृत्य निर्देशन र चर्चित तथा अनुभवी म्यूजिक भिडिओ निर्देशक कुमार केसीको निर्देशन रहेको छ ।

पूरा भिडीओ