आइतबार, भदौ ३०, २०८१

पत्रकार महासंघ जापानको तेस्रो अधिवेशन सुरु, पत्रकारलाई एकजुट हुन डा.विष्टको आग्रह

टोकियो,२८ चैत । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ शाखा जापानको तेस्रो अधिवेशनको बन्द शत्र आज उद्धघाटन सुरु भएको छ ।
सोमवार आज टोकियो रोधीमा हुदै गरेको तेस्रो अधिवेशन महासंघका केन्द्रीय अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि डा.महेन्द्र बिष्टले उदघाटन गर्नु भएको हो ।
महासंघको जापान शाखाको तेस्रो अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्ने छ ।
पत्रकार महासंघको बिधान, शाखाको आचारसंहिता र निर्वाचन समितिले तयार गरेको निर्वाचन कार्यविधि बमोजिम गठन प्रक्रिया अगाडि बढाईने सो निर्वाचन मण्डलका अध्यक्ष भुषण घिमिरेले जनाएको छ ।
उक्त अधिबेशन टोकियोको शिनओकुबोस्थित रोधीमा चलिरहेको छ ।
प्रमुश अतिथिको आसनवाट बोल्दै डा विष्टले हामी जहाँ रहे पनि पत्रकारीतामा रहेकोमा सत्य तथ्य र विश्वासनीय पत्रकारीतामा मुल धागो नछुटाउनु भन्दै पत्रकारीता मार्फत यहाँको विकासको मोडेल सम्प्रेसन गरे नेपालको लागि योगदान गरेको बताउनु भयो । नेपालको सम्भावना नै सम्भावना छ त्यसैले नेपालका राम्रो कुरा सूसुचित गर्न आग्रह गर्नु भयो ।

आफ्नो मन्तब्यलाई थप्दै नेपाल जापान सम्वन्ध सुमधुर राख्न महत्वपूर्ण भूमिका पत्रकारको रहन्छ भन्दै सबै पत्रकारलाई एक भएर लाग्न आग्रह गर्नु भयो ।
बन्द्र शत्रले सचिव विनोद कुमार सापकोटाले प्रस्तुत प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन रितु दुराले प्रस्तुत गरि पास गरेको छ ।
नयाँ कार्यसमिति लागि अध्यक्षका लागि निर्वतमान उपाध्यक्ष बेलुकाजी थापा र सदस्य मोहन घलेले उम्मेदवारी घोषणा गरेका छन ।
अधिवेशनले दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति बनाउने र अधिवेशनले १३ सदस्यीय नयाँ कार्य समिति गठन गर्ने महासंघले जनाएको छ ।  fnj5fnj japan fnj1 fnj4