मङ्गलबार, बैशाख ०४, २०८१

रामेछाप समाज जापानको अध्यक्षमा निकेश श्रेष्ठ चयन

जापान । रामेछाप समाज जापानले टोक्योमा आयोजित रामेछाप तीज शुभकामना साँझ २०२२ तथा नयाँ समिति घोषणा सम्पन्न गरेको छ ।

अगस्ट २८ तारिख तीज शुभकामना कार्यक्रमको समीक्षासहित रामेछाप समाज जापानको नयाँ समिति समेत घोषणा सम्पन्न गरेको हो ।
सोहि दिन निकेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय रामेछाप समाज जापान, राष्ट्रिय समिति घोषणा भएको हो । सन २०१६ मा स्थापना भएको समाजको कोरोना महामारी संगै २ वर्षअघिबाट निष्क्रिय रहेको रामेछाप समाज जापान पुन: गठनको लागि शान्त पहरीको संयोजनमा टीम बनाई तीज कार्यक्रम र नयाँ समिति निर्माण भएको छ ।

टोक्योमा सम्पन्न तीज शुभकामना रामेछाप समाजका संस्थापक रामेछापका युवा ब्यवसायी पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । रामेछाप समाज जापानको सर्वसम्मत अध्यक्षमा निकेश श्रेष्ठ, उपाध्यक्ष शिक्षा शान्ति वाइबा, भिम रायमाझी, अनोज केसी, गौरव घिसीङ र महासचिवमा बिनुका खड्कालाई चयन गरेको छ ।
सचिवहरुमा जनक खड्का, कर बहादुर तामाङ(कर्मा), कोषाध्यक्षमा तेज थिङ, सह कोषाध्यक्ष रविन कार्की चयन गरेको छ ।

समाजको कार्य समिति सदस्यहरुमा मनिता मोक्तान, अनिल थिङ, निर्मल राज श्रेष्ठ, उर्मिला श्रेष्ठ, रूपक कार्की, सलिना मोक्तान, उत्तम कार्की, कल्पना खड्का चयन हुनु भएको छ भने मिडिया संयोजकमा शान्त पहरीलाई चयन गरेको छ ।

समाजको सल्लाहकर समितिहरुमा सुमन कार्की, नारायण खड्का, श्याम खड्का, सीजन तामाङ, जानुका श्रेष्ठ चयन हुनु भएको छ भने सुदन थापा र पर्शुराम बस्नेतलाई चयन गरेको हो ।

पप गायक राजु लामालाई सम्मान
नेपाली गीत-संगीत क्षेत्रमा ३ दशकअघिदेखी चिरपरिचित अनुहार पप गायक तथा सगरमाथा आरोही राजु लामालाई रामेछाप समाज जापानले सम्मान पत्र र उहाँको अभियानमा जलवायु परिवर्तन न्यूनीकरण गर्न रूख बिरुबा रोप्न २० हजार येन सहित सम्मान गरेको छ ।

रामेछाप समाज जापान पुन: गठन समितिका संयोजक शान्त पहरीको सभापतित्वमा संस्थाका महासचिव शिक्षाशान्ति वाईबाले संचालन गरेको तीज शुभकामना साँझ २०२२ को कार्यक्रम संयोजक बिनुका खड्काले स्वागत मन्तव्यले अतिथिहरुलाई स्वागत गरेकी थिईन ।