जापान । नेपालबाट भर्खर जापान आउनु भएकी चर्चित गायिका रिना केसीले शिजुओकामा तीज धमाका मच्काउने भएकी छन ।
आउँदो आइतबार अगस्ट २८ तारिख शिजुओकाको पुरानो नेपाली संस्था नमस्ते नेपाल शिजुओकाले आयोजना गरेको तीज फेस्टिवल २०२२ मा गायिका केसीले आफनो प्रस्तुति दिएर धमाका मच्काउने छिन ।
बिगत ३ वर्षअघि देखी कोरोना महामारीको कारण सांगितिक कार्यक्रम हुन नसकेको शिजुओकामा यस बर्ष चाँही हामीले दिदि बहिनीहरु र स्थानिय सरकारसँग सल्लाह गरेर आपसी दुरी कायम राखि स्वास्थ्य प्रोटोकलका ऊपायहरु अपनाएर शान्त रुपले तीज कार्यक्रम सन्चालन गर्ने अनुमति पाएका नमस्ते नेपालले जनाएको छ ।
उक्त कार्यक्रममा कलाकार सुमधुर स्वरकी धनी गायिका केसीको साथमा रमाउने मौका नगुमाउनै शिजुओकाबाट रेशम डंगोलले सबैलाइ चुले निम्तो गर्नु भएको छ ।

