जापान । तमु धीँ जापानले २४ औं रोधी साँझको सम्पन्न गरेको छ । टोक्योको सिन्ज्युकुस्थित क्लब वार्पमा आईतबार नेपालमय बन्यो। कोरोनाका कारण झण्डै ३ वर्षदेखी सांगितिक माहोलमा झुम्न नपाएका टोक्योबासी नेपालीहरू नेपालका पप गायक राजु लामाका सुमधुर गितमा दिल खोलेर रमाए। मेरो नेपाल,मेरो देश मलाई लाग्छ प्यारोु भन्दै स्टेजमा उक्लिएका राजुलाई उपस्थित दर्शकहरूले नेपाली झण्डा हल्लाउँदै सँगै गित गाएर साथ दिए।
जापानकै पुरानो मध्येको एक सामाजिक संस्था तमु धीँ जापानले टोक्योबासी नेपालीलाई यो अवसर जुराईदिएको थियो।
पोखरास्थित काहुँडाँडा निर्माणाधिन बुद्ध मण्डलको सहयोगार्थ आयोजना गरिएको रोधी साँझ २०२२ को उद्घाटन टोक्यो स्थित नेपाली राजदुत डा दुर्गाबहादुर सुबेदीले पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रममा तमुहरूको संस्कृति झल्काउने नृत्यलाई स्थानीय कलाकारहरूले पस्किए।
कार्यक्रममा स्थानीय कलाकारका प्रस्तुति पनि उत्कृष्ट रह्यो। द मर्करी ब्याण्डको समेत प्रस्तुति रहेको कार्यक्रममा गायक लामाले तिमिलाइ देखेर हिमाल हाँसेको,बादल पारीको देशबाट,मेरो नेपाल, लगायतका १ दर्जन बढि गित गाएका थिए।

