मङ्गलबार, बैशाख ०८, २०८३

जापानको रोजगार क्षेत्रमा नेपाली कामदार परिचालन बारे विशेष जानकारीमुलक कार्यक्रम हुने

जापान । नेपाली राजदूतावास जापान, गैरआवासीय नेपाली संघ जापान र जापान लिडिङ एज फाउण्डेसनको संयुक्त आयोजनामा जापानको रोजगार क्षेत्रमा नेपाली कामदार परिचालन बारे विशेष जानकारीमुलक कार्यक्रम हुने भएको छ ।

जापानी व्यवसायहरुको लागी नेपाली दक्ष जनशक्तिको सम्भावना विषयमा अनलाइन मार्फत जानकारीमुलक एक वेबिनार संचालन हुन लागेको एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले जानकारी दिनुभयो ।

आफुमा राम्रो जापानी भाषाको ज्ञान वा नर्सिङ केयर, आतिथ्य व्यवसाय, कृषि लगायतका क्षेत्रमा कामदारको खोजीमा हुनुहुन्छ र नेपाली दक्ष९जनशक्तिको परिचालन कसरी गर्न सकिन्छ भन्ने सोचमा हुनुभएकाहरुको लागि कार्यक्रम महत्वपूर्ण रहेको प्रवक्ता लामिछानेले बताउनुभयो ।

आफुलाई जान्न बुझ्न मनलागेका कुरा या कार्यक्रम सम्बंधित केही जिज्ञासाहरु भएमा फेसबूकको मेसेज बक्समा या कमेन्ट बक्समा लेख्न अनुरोध गर्दै एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले सबै सान्दर्भिक प्रश्न र जिज्ञासाहरुलाई कार्यक्रममा समेटिने जानकारी दिनुभयो ।