शनिबार, असोज २६, २०८१

जापानको फुकुओकामा बैशाखी मेला २०७४ सम्पन्न

जापान,२८ चैत । नेपाल र जापानको कला ,सस्कृतिलाई प्रवद्धन र भाईचारा सम्वन्धलाई अझ प्रघाढ पार्न जापानको फुकुओकामा आयोजना गरिएको बैशाखी मेला २०७४ आइतबार सम्पन्न भएको छ ।

नेपाली नयाँ वर्षको अवसर पारेर सातौं पटकको बैशाखी मेला यो वर्ष दुई दिन सम्म चलेको थियो ।
उद्घाटन पश्चात जापानका लागि नेपाली राजदुत कृष्ण चन्द्र अर्यालले नेपाली कला संस्कृतीलाई विश्व सम्म फैलाउन जापानबासी नेपालीले महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो , त्यस्तै पर्यटन दुत अनुज थापाले यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनका लागी महत्वपुर्ण भूमिका खेल्ने भन्दै आवका दिन नेपाल पर्यटन बोर्ड र आफनो तर्फबाट जस्तो सुकै सहयोग गर्न पछि नहट्ने दावी गरे ।

पहिलो दिन नेपाली पन्चे बाजा सहित नेपालीहरु परेड खेल्दै फुकुओका तेन्जीन परिक्रमा गरेका थिए ।
कार्यक्रमको उद्घाटनका लागि जापानका लागि नेपाली राजदुत कृष्ण चन्द्र अर्याल फुकुओका आउनुभएको थियो । राजदुत अर्याल पर्यटन दुत् अनुज थापा एनआरएनए जापानका उपाध्यक्ष टकं गैरे एनआरएनए क्युसोका अध्यक्ष किरण बर्मा बैशाखी मेला संयोजक रामकृष्ण श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर कार्यक्रम औपचारिक रुपमा शुरु भएको थियो ।
दोश्रो दिन करि फेस्टिभलमा उत्कृष्ट हुने बाजेको सेकुवा हाउस हाकाता , कुमारी रेष्टुरेन्ट र बास्तोला रेष्टुरेन्टलाई पुरस्कृत गर्दै आगामी वर्ष बैशाखी मेला नेपाल फेस्टिभललाई अझ बृहत बनाउने घोषणा सहित कार्यक्रम अन्त्य भएको थियो । कार्यक्रमको संचालन सचिन आचार्य, देवराज उप्रेती र जापानीज नागरिक जुमि कोगाले गर्नुभएको थियो । सो बैशाखी मेला भब्य रुपमा सम्पन्न भएके थियो ।