मङ्गलबार, बैशाख ०८, २०८३

धादिङ जिल्लाका जनप्रतिनिधिसंग परिचात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जापान । धादिङ समाज जापानले धादिङका स्थानिय नवनिर्वाचित जनप्रनितिधि हरु संग परिचात्मक तथा अन्तर्किया कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार धादिङ समाज जापानका अध्यक्ष दिनेश लोहनीको सभापतित्वमा भएको उक्त कार्यक्रममा बागमति प्रदेश मुख्यमन्त्रि राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी र अतिथिहरुमा जिल्लाका नगरपालिका को मेयरहरु र गांउपालिकाको अध्यक्ष साथै समाजका सल्लाहकारहरुको उपस्थिति थियो।
उक्त कार्यक्रम समाज का महासचिव बिमल श्रेष्ठले सन्चाल गर्नु भएको थियो। बागमति प्रदेश पाण्डेले धादिङ समाजलाई सल्लाह सुझाव साथै बिकास को कार्य योजनाहरु पनि प्रस्तुत गर्नु का साथै आफ्नो कार्यकाल मा धादिङ को बिकास लाई अझ तिब्र पार्ने प्रतिबद्धता पनि दिनुभएको छ।

साथै अन्य प्रतिनिधिहरु बाट पनि आगामि दिनमा धादिङ समाज जापाले गर्ने बिभिन्न सहयोग को काम मा साथ सहयोग गर्ने र सम्बन्धित नगरपालिका तथा गांउपालिकाको बिकास लाई अझ दृढ रुपमा अगाडि बढाउने प्रतिबद्धता दिनुभएको छ।

धादिङ समाज जापानको उपसमिति जनसम्पर्क समितिको संयोजक तथा बरिष्ठ उपाध्यक्ष श्यामहरि तिम्सिना ज्यूले कार्यक्रम को जानकारी तथा स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रम समापन गर्दै अध्यक्ष लोहनीले आगामी दिनमा जापानको प्रबिधि स्वदेशमा भित्राउन समाजले हर सम्भब प्रयास गर्दै सँधै स्थानिय तह सँगै हातेमालो गर्न ईच्छुक रहेको जानकारी गराउनुभयो ।