जापान । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अध्यक्षमा प्रकाश केसी र महासचिवमा मोती गुरुङ चयन हुनु भएको छ ।
अगस्ट १४ तारिख आइतबार टोक्योमा एक भेला गरि अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अध्यक्षमा प्रकाश केसी र महासचिवमा मोती गुरुङ चयन गर्दै संगठन निर्माण गरेको हो ।
भेलाले अन्तर्राष्ट्रिय नेपाली समाज जापानमा ३५ सदस्यीय कमिटी निर्माण गरेको विज्ञप्तिमा जनाएको छ । भेलाले पूर्वअध्यक्षहरुलाई सल्लाहकार चयन गरेको अध्यक्ष्ँ केसीले जानकारी दिनुभयो ।

