मङ्गलबार, बैशाख ०८, २०८३

मोना जापानको वार्षिक साधारण सभा तथा प्रथम क्षेत्रीय भेला भव्य रुपमा सम्पन्न

जापान । म्याग्दी प्रवासी नेपाली संघ मोना जापान केन्द्रीय समिति र क्षेत्रिय समिति शिजुओकाको आयोजनामा शिजुओकामा वार्षिक साधारण सभा तथा प्रथम क्षेत्रीय भेला कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

मोना क्षेत्रिय समितिहरुको सह आयोजनामा भएको कार्यक्रममा क्षेत्रिय समितिहरुका गतिविधि, आर्थिक प्रतिवेदन सहित भावी कार्यक्रमको बारेमा योजना तथा छलफल भएको मोना जापानका अध्यक्ष सचिन श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा मोना आईईसिका बरिष्ठ उपाध्यक्ष तथा एनआरएनए एशिया प्यासिफिक उपसंयोजक ददिवल खड्का, मोना आईईसि कोषाध्यक्ष महेन्द्र खड्का, मोना आईईसि एसिया प्यासिफक संयोजक दिपक कार्की लगायत मोनासँग आवद्ध विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यसैगरि फुकुओका वाणिज्य दूतावासका सचिव दिपक देवकोटा, एनआरएनए एशिया प्याशिफिक समितिका संयोजक पारशमणी पोखरेल, एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली, एनआरएनए जापानका प्रवक्ता सुवास लामिछाने, मोना जापानका सल्लाहकार, तथा नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्व अध्यक्ष तिलक मल्ल, दोलखा समाज जापानका अध्यक्ष महेश खड्का सहित मोना जापानको चारवटै क्षेत्रका संयोजकहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मोना जापानको विषयमा रहेर अन्तरक्रिया कार्यक्रम गरिनुका साथै विविध विषयमा रहेर छलफल भएको थियो । कार्यक्रममा सांगितिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको थियो ।