टोकियो । नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानले अगस्ट ९ अर्थात २८ औं विश्व आदिवासी दिवस आज शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ ।
जापानमा आधिकारिक रुपमा 一般社団法人 NEFIN JAPAN दर्ता रहेको नेफिन जापानले २८ औं विश्व आदिवासी दिवस आउँदो आइृतबार अगस्ट १४ तारिख शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको हो ।
“पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशिकरणको लागि आदिवासी जनजाति आन्दोलन, जाति, भाषा, धर्म र संस्कृती संरक्षणको लागिहाम्रो अभियान” भन्ने मुल नाराका साथ नेफिन जापानले २८ औं विश्व आदिवासी दिवस २०२२ को अवसरमा अगस्ट १४ तारिख टोकियोको सिनओकुवो स्थित सोलमारी मुरा हलमा बिहान ११ बजेबाट बेलुका ५ बजे सम्म शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गर्न लागेको महासंघका अध्यक्ष सन्जिव चाम्लिङ राइले बताउनु भयो ।
नेपालको विभिन्न भागमा आदिम कालदेखि बसोबास गर्दै आएका मुल जनजातिहरुको आफ्नो छुट्टै मौलिक भाषा, कला, संस्कार, संस्कृति र लिपी छन् । तर सोझा र इमान्दार अनि निडर जनजातिहरुलाई देशका शाषकहरुले बर्षौँदेखि दमन, उत्पीडन, अन्याय र अत्याचार गर्दै आएको छ ।
कार्यक्रम नेफिन जापानको आयोजना र नेफिन जापानमा आवद्ध जापानमा क्रियाशिल ११ वटा एकल जातिय संघसंस्थाको सह(आयोजनामा विविध कार्यक्रम गरी भव्यताका साथ मनाउन लागेको नेफिन जापानका महासचिव शिशिर निङ्लेक लिम्बु थक्साङले जानकारी दिनुभएको छ ।

