जापान । म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको वार्षिक साधारण सभा तथा प्रथम क्षेत्रीय भेला जापानको सिजुओकामा आज हुने भएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती जापान, केन्द्रीय समिति र क्षेत्रीय समिति शिजुओकाको आयोजना साथै अन्य क्षेत्रीय समितिहरुको सहआयोजनामा सेप्टेम्बर १३ तारिख शिजुओकामा वार्षिक साधारण सभा तथा प्रथम क्षेत्रीय भेला हुन लागेको हो ।
म्याग्दीबाट जापानमा आइ विभिन्न ब्यावसायी, स्टुडेन लगाएथ क्षेत्र काम गर्ने म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना जापानको मौसमको खराबीको पनि सबै क्षेत्रबाट जम्मा हुनेक्रम जारी रहेको महसचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

