शुक्रबार, मङि्सर १६, २०७९

तामाङ समाज जापानले सेप्टेम्वर ११ तारिख समर वीबेक्यू कार्यक्रम गर्ने

टोकियो । नेपाल तामाङ समाज जापानले सेप्टेम्वर ११ तारिख टोकियोमा समर विबेक्यू कार्यक्रम गर्ने भएको छ । गर्मी मौसम संगै आपसी सदभाब, भाईचारा अनि एकताको लागि NPO法人 नेपाल तामाङ समाज जापानद्वारा SUMMER BBQ कार्यक्रम आयोजना गरेको हो ।

नेपाल तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङले आफ्नो कार्यकालको पहिलो रमाईलो कार्यक्रम भएकेले सहभागिताको लागि जापानबासी सम्पूर्ण नेपालीहरूमा हार्दिक निमन्त्रणा ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा जापानमा रहेको नेपालका तामाङ कलाकारहरुको बिशेष प्रस्तुति रहने आयोजक सँस्था तामाङ समाज जापानका महासचिव तेज लामाले जानकारी दिनुभयो ।

जापानमा रहेको तामाङ समुदायलाई एकत्रित गरी तामाङ भाषा, परम्परा लगायतका आफ्ना साँस्कृतिक धरोहरका विविध पक्षलाई संरक्षण एवं सबर्द्धन गर्दै आपसी भाईचारा, मेलमिलाप र सम्बन्धमा बिकास एवं बिस्तार गर्दै आईरहेको तामाङ समाज जापानले हरेक बर्ष डम्फू साँझ, ल्होसार कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।

%d bloggers like this: