बिहिबार, जेठ १४, २०८३

नेपालको चर्चित कलाकारको साथमा जापानको मुख्य तिन शहरमा तीज फेस्टिवल हुने

निशान राना, जापान । नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्ग्जा समाज जापानले जापानका तीन ठुला शहरहरु टोकियो, सिजुओका र नागोयामा तीज फेस्टिवल गर्ने भएको छ । कार्यक्रम यही महिनाको २८ तारिख आईतवार टोकियोमा नाकनो जेरो हल ,सिजुओकामा २९ तारिख सोमबार आईसेरु २१ हल र नागोयामा ३१ तारिक बुधवार नागोया कोकुसाइ सेन्टेरमा हुने आयोजकले जानकारी दिएका छन् ।
बिगत केही बर्ष यता जापानको बिभिन्न शहरमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपालीहरुलाई तीजको मनोरन्जन प्रदान गर्दै आईरहेका यस समाजले यस बर्ष पनि जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि नेपाली लोकदोहोरी क्षेत्रका बरिष्ठ लोक दोहोरी गायिका शर्मिला गुरुङ र चर्चित लोक दोहोरी गायक पशुपति शर्मा जापान आउने भएको छ । साथै टोकियो र नागोयाको लागि भने जापान मै कर्म थलो बनाएका मिठो स्वरको धनी प्रदेशी गायक सुर्य खड्का लागएत स्थानिय कलाकारहरुको पनि थप प्रस्तुती रहने छ ।

समाजले यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई आकस्मित रुपमा भैइपरी आउने दैबिक प्रकोप लगायत बिबिध आपत बिपतमा परेकाहरुको उद्दारको लागि “आपतकालीन राहत कोष सहयोगार्थ “ गर्न लागिएको कार्यक्रम भएकोले पनि सम्पूर्ण जापानबासी नेपालीहरुलाई आफुलाई पाहेक पर्ने ठाउँ गई मनोरन्जन लिनु हुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ