सोमबार, भदौ २४, २०८१

अपाङ्गहरुको सहयोगार्थ रुपन्देही समाज जापानले नयाँ वर्ष शुभकामना साँझ गर्ने

टोकियो,२५ चैत । रुपन्देही समाज जापानले अपाङ् आश्रम बुटवलको सहयोगका लागि गर्न लागिएको सांगीतिक ‘नयाँ वर्ष शुभकामना साँझ २०७४’ आयोजना गर्ने भएको छ ।
पशुपति गिरीको अध्यक्षतामा सम्पन्न समाजको वैठकले यहि अप्रिल १४ तारिख टोकियोमा सो ‘नयाँ वर्ष शुभकामना साँझ २०७४’ कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
मानव सेवामा समर्पित रहदै आएको समाजले नेपाल अपाङ् आश्रम बुटवलको सहयोगका लागि गर्न लागिएको सांगीतिक शुभकामना कार्यक्रम सफल पार्न खडक बस्नेतको संयोजकत्वमा विभिन्न उपसमितिहरु सहितको कार्यविभाजन गरेको छ ।
समाजले इन्द्र केसीलाई आर्थिक व्यवस्थापन समितिको संयोजकमा चयन गरेको छ । त्यस्तै गरी कलाकार यातायात व्यवस्थापन संयोजकमा काशिराम न्यौपाने र संचार तथा प्रचार प्रसार संयोजकमा खड्का स्वयम् रहेका छन् भने सह(संयोजकमा निरा केसी चयन गरेको छ ।
सांगीतिक कार्यक्रमका लागि नेपालबाट चर्चित आधुनिक तथा लोक गायक हेमन्त शर्मा, लोक दोहोरी गायिका मञ्जु पौडेल, हास्य कलाकार जितु नेपाल र पप गायक कमल के क्षेत्रीको वेजोड प्रस्तुती रहने समाजका अध्यक्ष गिरीले नेपाल सन्देशलाई बताए ।
आयोजक समाजले जापानका विभिन्न संघ संगठनका प्रमुख र जापानवासी नेपालीहरुलाई सहयोगका लागि अनुरोध समेत गरेको छ ।