शुक्रबार, असार १२, २०८३

गलकोट समाज जापान कान्तोको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा राजु बस्नेत

टोकियो । गलकोट समाज जापानको क्षेत्रीय समिति कान्तोको छैठौ अधिवेशन सम्पन्न भई आगामी कार्यकाल २०२२-२०२४ को लागि कान्तोमा राजु बस्नेत अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।

“हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्तोको छैठौ अधिवेशन मंगलबार जापानको टोकियो स्थित शिन ओकुबोमा सम्पन्न भयको थियो,अधिवेशनबाट उपाध्यक्षमा दिनेश थापा, प्रकाश निउरे(मित्र), इश्वर बस्नेत र गगन खत्री (झकास )लेखा संयोजकमा हिमाल कंडेल, सचिवमा दिपक सुबेदी( बिप्लब) सह सचिवमा गोविन्द केसी र पवन बोहोरा, कोषाध्यक्षमा गोम बुढाथोकी, सह कोषाध्यक्षमा सुरज केसी र गोविन्द खड्का निर्विरोध निर्वाचित भएका छन ।
त्यसैगरि सदस्यहरुमा सुनिल भण्डारी, राजु सुवेदी, चतुर्भुज सापकोटार जगन्नाथ खरेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक रत्नसिंह बस्नेतले बताए ।

कान्तो क्षेत्रीय समितिको अधिवेशनको उद्गघाटन सत्रमा प्रमुख अतिथिको रूपमा रहेका समाजका संरक्षक दिलु खत्रीले संस्थालाई आर्थिक रूपमा पारदर्शी रूपमा संचालन गर्नका लागि आग्रह गरेका थिए ।

अधिवेशन मा टोकियो वरिपरी रहेका गलकोटे को बाक्लो उपस्थिति रहेको थियो कार्यक्रममा शुभकामना व्यक्त गर्दै बोल्ने अधिकांश वक्ताहरूले समाजले जापानमा रहेका नेपाली समुदायमा अग्रणी भूमिका निर्वाह गर्दै आएकोमा खुशी व्यक्त गर्दै समाजको सो छविलाई क़ायम राख्नका लागि संस्थागत रूपमा संचालित गरिनुपर्नेमा जोड दिएका थिए ।यसरी बोल्नेहरूमा समाजका महासचिव नवीन निउरे सचिव लक्ष्मण कार्की, कोषाध्यक्ष डिलाराम गैरे, केन्द्रिय सदस्य खगराज गौतम, जीवन गैरे, सल्लाहकार रामकृष्ण बम मल्ल, विजय भण्डारी, बाबुराम सापकोटा, निम खड्का लगायत रहेका थिए ।अधिवेशनमा समितिको बार्षिक प्रगति प्रतिवेदन सचिव दिनेश थापाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष इश्वर बस्नेतले प्रस्तुत गरेका थिए ।
उद्घघाटन सत्रको कार्यक्रमको अध्यक्षता रमेश खत्री, संचालन दिनेश थापा र स्वागत दुर्गाबहादुर खत्रीले गरेका गरेका थिए भने घोषणा सभाको कार्यक्रम निर्वाचन समितिका सदस्य महेन्द्र साहनीले संचालन गरेका थिए ।