बुधबार, साउन २५, २०७९

सुस्मिता सापकोटा निर्देशित ‘स्वामी राजै’ सार्वजनिक ’भिडियोसहित)

काठमाडौं । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गरी तीज गीतहरु सार्वजनिक हुने गरेको छ । सन्देश र मनोरञ्जनको ‘प्याकेज’का रूपमा तीज गीतलाई लिइएको पाईन्छ। नेपाली समाजमा मात्रै नभएर संगीत क्षेत्रमा नै तीज एक परम्परा भइसकेको छ।

यसैक्रममा, गायिका सिला आलेको सुमधुर स्वरमा स्वामी राजै सार्वजनिक भएको छ । झलक संगितमको शब्द तथा संगीत रहेको गीतलाई विरेन्द्र परियारले छायाँकन गरेका छन् । कलाकार सुस्मिता सापकोटाको निर्देशनमा बनेको भिडियोमा मनमाया प्रसाई, नरेन्द्र आचार्य र सापकोटा स्वयम कै अभिनय देख्न सकिन्छ । यस्तै, गीतलाई अनिल विष्ठ प्युठानीले संपादन गरेका छन् ।

आषिश म्युजिक प्रा.लिको यूवट्युव मार्फत सार्वजनिक उक्त गीतमा अनिषा नानिले मेकअप गरेकी छिन् भने म्युजिक स्टार नेपालले पोष्ट प्रडक्सन गरेको छ । विशुद्ध मनोरञ्जनका लागि गीत तयार गरिएको निर्माण टिमले जनाएको छ ।

महिलाहरूको सुख–दुःख पोख्ने र बाँड्ने चाडका रूपमा तीजलाई हेरिन्छ। तीज हिन्दु महिलाहरूको हर्षोल्लासको पर्व हो। शिव भगवानको आराधना गर्दै नाचगान र हर्षोल्लासपूर्वक मनाइने तीजमा महिलाहरूले गीतमार्फत सुख–दुःख बाँड्ने गर्छन्।

%d bloggers like this: