शुक्रबार, बैशाख ०७, २०८१

नेताको श्राद्ध र बिरालो बाध्ने परम्परा

दुर्लभ बन्धु पोखरेल, चितवन । नेपाली समाजमा कुनैबेला यस्तो परम्परा थियो की आफ्नो पितृको श्राद्ध गर्ने बेलामा घरमा भए घर को घरमा नभए गाउँघरबाट खोजेर ल्यायर भएपनी बिरालो बाधेर पितृको श्राद्ध गर्ने परम्परा थियो। त्यो परम्परा कसरी सुरुभयोहोला भनेर हामी अनुमान लगाउन सक्छौं ।
कुनैबेला पितृको श्राद्धमा घरमा भयको बिरालोले गर्नसक्ने असुद्धतालाई ध्यानमा राखेर बाधेको बिरालो लाई देखेर त्यसको सार मा नपुगी अनुसरण गर्दा आफ्नो पितृको श्राद्धमा गाउको बिरालो खोज्न जानुपर्ने परम्परा बन्न पुगेको थियो। कुनैपनी कार्यको सारमा नपुगी सतही अनुसरण गर्न थालियो भने त्यो पनि बिरालो बाध्ने परमपरा भन्दा भिन्न हुन सक्दैन।

बितेको हप्ता नेपाली राजनिती को दुई मुर्धन्य व्यक्तित्व बि.पी. कोइराला र पुष्पलाल श्रेष्ठको श्राद्ध गरियो। श्राद्ध श्रद्धाले गरिने स्मृति भएकोले विभिन्न तरिकाले गर्न सकिने भयो। तर आजकल गरिएका श्राद्धहरु परम्परा धान्न बिरालो बाधियको हो कि श्रद्धाले गरिएको स्मृति हो छुट्टाउनु जरुरी छ । पारिवारिक रुपमा गरिने पितृको श्राद्ध धार्मीक किम्बदन्तीसग जोडिएको छ भने सामाजिक तथा राजनीतिक रुपमा गरिने स्मृतिहरु व्यक्ति को व्यक्तित्व र विचारको अनुसरण सग जोडिएको हुन्छ।

हुनत व्यक्ति को बिचारमा समय र परिस्थिति अनुसार परिवर्तन आउनपनि सक्छ । तर व्यक्ति मा आएको परिवर्तन व्यक्तिगत लाभसग सम्बन्धित छ वा समाजको सम्भावना सँग जोडिएको छ भन्नेकुराले उसको व्यक्तित्व को निर्धारण गर्दछ। कुनैबेला बि. पी. कोइराला कम्युनिस्ट दर्शन सग प्रभावित हुनुहुन्थ्यो भने पुष्पलाल समाजबादी बिचारसग प्रभावित हुनुहुन्थ्यो तर समय अनुसार उहाहरुको दृष्टिकोण मा परिवर्तन आयो र एकजना समाजबादी धारको नेपाली काङ्ग्रेस र अर्का कम्युनिस्ट सिद्धान्तको नेपाल कम्युनिस्ट पाटीको संस्थापक बन्न पुग्नुभयो ।

उहाहरुले आफ्नो जिबनलाई सिद्धान्त र सिद्धान्तलाई देशसग जोड्नुभयो। उहाहरुले सिद्धान्तको आधारमा स्थापना गरेका पाटीहरु आज देशको नेतृत्वमा छन तर ती पाटिमा आज सिद्धान्त छ कि छैन खोज्नपर्नेबेला आएको छ। आज काङ्ग्रेसमा बि.पी र कम्युनिस्टहरुमा पुष्पलाल काँहाछन भेट्न सकिएको छैन। श्रद्धा बेगरको श्राद्धले न त पितृलाई बैतरनी तार्न सक्छ न त बिचार अनुसरण बेगरको स्मृति ले नेतृत्व प्रतिकोसम्मान झल्काउछ।

आजकल गरिने स्मृति सभाहरु हेर्ने हो भने निर्धक्कसग भन्न सकिन्छ । यो त केबल परम्परा धान्न पितृको श्राद्ध मा गाउँ घरबाट बिरालो खोजेर बाध्ने परम्परा बाहेक केही हैन। आज बि.पी र पुष्पलाल को स्मृतिसभा गर्नेहरु उनका नाममा प्रतिस्ठान खोलेर कुडेको तरचोर्ने चोर बिरालामात्र हुन। यिनीहरूलाई न त बि.पी को एक हल गोरु सँग मतलब छ न त पुष्पलाल को भोको पेट सँग । हरियो नोटकालागी एम सि सी एस.पि.पि. र नागरिकता बिधेयक जस्ता राष्ट्रघाती सम्झौता सगै बि.पी.र पुष्पलालका आदर्सहरु संसदमा बसेर बेच्नेहरु स्मृति सभामा पुगेर राष्ट्रियता , प्रजातन्त्र र समाजबादका चर्का भाषण गर्छन। पुष्पलाल जो गरिब दुखी जनताको लागि भोको पेट जिवन उत्सर्ग गर्नुभयो ।

तिनै पुष्पलाल को मुर्ती आज उनैले स्थापना गरेको पाटीका कार्यकर्ता हरुको लागि कमिसन खाने बस्तु बनेको छ। उध्यान, बाटिका , पार्क भन्दै उनको नाममा करोडौं को व्यापार गर्नेहरुसग उनको स्मृतिसभामा उनले स्थापित गरेको झन्डा र उनको नामाको व्यानर बनाउने सम्मपनी पैसा हुदैन । गेटबाहिर चिल्ला गाडीहरुले घेरेर बन्द कोठीमा आयको साम्यवाद र समाजबादको के नै अर्थ हुन्छ र कसैको स्मृतिसभा गर्ने अधिकार तिनीहरुमा मात्र हुनु प्रदछ जसले उनिहरुको जीवन र दर्शन को अनुसरण गर्न सकेका हुन्छन ।

फेरीपनी उनिहरुले स्थापना गरेको पाटी भित्र उनिहरुले स्थापित गरेका बिचार सिद्धान्त र आदर्सले ती पाटीका नेता कार्यकर्ताहरुलाई देश र जनताप्रति उत्तरदाइ बनाउन सकुन बिपी र पुष्पलालपर्ती हार्दिक श्रद्धासुमन