शनिबार, बैशाख ०८, २०८१

कलाकार जानकी बज्राचार्यको ‘शिरैमा शिर फुल’ तीज गीत सार्वजनिक हुंदै

काठमाडौं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरू सार्वजनिक हुने क्रम बढेको छ । यस्तैमा, कलाकार जानकी बज्राचार्यको शब्दमा ‘शिरैमा शिर फुल, कम्मरमा सारी’ बोलको गीत छिट्टै सार्वजनिक हुने भएको छ ।

समाजमा देखिएको विकृतिलाई चिर्ने उद्देश्यले निर्माण भएको उक्त गीतमा दिदी बहिनीहरुको आत्मीय सम्बन्धलाई प्रगाढ पार्न खोजिएको छ । च्छोरोल्पा मिडिया प्रा.लि.की प्रबन्ध निर्देशक, नेपाली कांग्रेस सांस्कृतिक संघकी केन्द्रीय सदस्य एवमं समाजसेवी बज्राचार्यले तिजलाई मध्यनजर गरेर उक्त गीत बजारमा लयाउने तयारी गरेकी हुन् ।

बज्राचार्यको शब्दमा रहेको गीतको भिडियो साउन ७ गते शनिबार चावहिल मित्रपार्कस्थित यमुना बैंकेटमा छायांकन गरिएको थियो । चर्चित गायिका राधिका हमालको सुमधुर स्वर मा रहेको गीतमा अनिल राईको निर्देशन रहेको छ ।

क्यामेरा म्यान श्याम केसीको छायाँकन तथा संगीतकार पुरुषोत्तम न्यौपाने रहेको गीतमा रचनाकार बज्राचार्य, सलिना ब, राज थपलिया, प्रकाश थपलिया लगायतक कलाकारहरुको अभिनय रहेको छ ।