मङ्गलबार, बैशाख ०८, २०८३

ओएनएफ जापान गुन्माकेन क्षेत्रको प्रथम अधिबेशन अगष्ट १४ मा हुने

जापान । प्रवासी नेपाली मञ्च जापान(ओएनएफ) गुन्माकेन क्षेत्र कमिटिको बैठक कमिटिका अध्यक्ष सागर भुसालको अध्यक्षतामा बसी कमिटिलाई प्रथम अधिबेशन आयोजक कमिटिमा रुपान्तरण गरेको छ ।

बैठकमा प्रमुख अतिथिको रुपमा प्रवासी नेपाली मंच पूर्बी एसिया कमिटिका अध्यक्ष डा. सरोज कंडेल जापान कमिटि संगठन बिभाग प्रमुख कुलचन्द्र खरेल बिशिष्ट अतिथि र राष्ट्रिय कमिटि सदस्य बुद्धिराज गोलेको आतित्यमा सम्पन्न बैठकले सागर भुषाल अध्यक्ष र राजकुमार कार्की सचिब अरु सबै सदस्य रहने गरि आयोजक कमिटि निर्माण गरेको छ ।
यहि अगष्ट १४ तारिख आईतबार गुन्माकेनको निसि कोईजुमीमा आयोजना गरिएको अधिबेशनको लागि प्रचार प्रसार र ब्यवस्थापनको लागि नसिर मियॅा संयोजक रहेको कमिटि निर्माण गरेको छ जसमा सहसॅयोजक प्रकाश पन्त हुनुहुन्छ ।
सदस्यहरुमा चन्द्रबहादुर नेपाली, शिशिर तामाङ, मोहन गिरी, धिरज अधिकारी, ममता बि.क. रहनु भएको छ ।