शुक्रबार, बैशाख ०७, २०८१

तिज गित ‘कति नक्कल पार्न मन लाहोला’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पशुपति शर्मा र रेनुका भट्टराईले गाएको तिज गित ‘कति नक्कल पार्न मन लाहोला’ सार्वजनिक भएको छ । नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोकप्रिय दोहोरी गायक पशुपति शर्माको यस बर्षको दोस्रो तिज कोसेली ‘कति नक्कल पार्न मन लाहोला’ भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध गायक पशुपति शर्मा र गायिका रेनुका भट्टराईको आवाजमा सजिएको उक्त गितमा पशुुपति शर्माको उत्कृष्ट लय शब्द रचना रहेको छ । निकै मौलिक शब्दहरुमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

प्रकाश भट्टको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा आर्यान घिमिरे र रक्षा भट्टराईको डान्सिंग फिचर रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई अजय रेग्मीले छांयाकन एवम् विष्णु शर्माले सम्पादन गरेका छन् ।
उक्त गित पशुपति शर्माको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।