सोमबार, जेठ १४, २०८१

गायक अमृत खातीको हाम्रो कालिञ्चोक सार्वजनिक (भिडियो)

काठमाडौँ,२२ चैत । मातृभूमि प्रतिको माया गरेर दोलखा जिल्लाको आफनो जन्मभूमिको हरेक ठाउँहरुलाइ समेटेर नेपाली गित संगीतका धरोहर अमृत खातीले हाम्रै कालिन्चोक गित ल्याएका छन् ।

समानताको लागि सांस्कृतिक अभियानको प्रस्तुति रहेको उक्त गित तथा म्यूजिक भिडियो हालै यूटुव मार्फत बजारमा ल्याएको हो ।
दोलखा जिल्लाको सुस्पा क्षमावती मा २०४० सालमा आमा सुन्तली खाती र बुबा नर बहादुर खातीको कोख बाट जन्म लिएका अमृतले हाल सम्म सय भन्दा बढी गित संगीतमा आफ्नो आवाज भरिसकेका छन् ।
उनको मुलको पानिले , बाटुली , चौबन्दीको तुना , टिका जमरा, चोली ढाकैको जस्ता निकै कर्णप्रिय गितहरुलाई श्रोता तथा दर्शकहरुले मन पराएका छन् ।

amritaa