बिहिबार, जेठ १४, २०८३

जापानबाट गायिका टिका शर्माको तीज गीत ‘माइती घर’ सार्वजनिक

जापान । चर्चित गायिका टिका शर्मा ‘कोपिला’ ले जापानबाट आफ्नो तीज गीत ‘माइती घर’ सार्वजनिक गरेकी छन् ।
स्वयम टिका शर्मा कोपिला’ को शब्द र स्वर रहेको गीतमा जापानमै बसेर पनि लामो समय देखि गीत सँगितमा लाग्नु भएका खेमराज पौडेल र राज कंडेलले समेत गायनमा महत्त्वपूर्ण साथ दिएका छन ।

प्रविन थापाले छायाँकन, सम्पादन र निर्देशन गर्नु भएको गीतमा माईती घरमा चेलीको महत्त्व र दाई बहिनी, दिदीभाई बिचको मायालाई कथामा देखाईएको छ । लय टिका शर्मा ‘कोपिला ‘ आफ्नै रहेको छ ।

गीतमा नृत्य कथावस्तुमा करिश्मा ढकाल, राजाराम सिमखडा र आर्यन घिमिरेको मूख्य भुमिका रहेको छ भने अरु थुप्रै कलाकारले साथ दिनु भएको छ । बाग्लुङ्‌मा जन्मिएर भरतपुर -२३, जगतपुर चितवनलाई उच्च शिक्षा र कर्मथलो बनाएकी उनी हाल रोजगारीका क्रममा योकोहामा जापानमा रहेकी छन् । सानै देखि स्कुल तथा एफएम रेडियोमा गीत गाउने गरेकी उनले रास्ट्रीय र स्थानीय स्तरका थुप्रै पुरस्कार र पदक समेत जेतेकी छन् ।

प्रवासमा रहे पनि आफ्नो देश र संस्कृतिको मायाले भन् सताउने गरेकाले अहिले तीज गीतको नाममा तीजको भाव नभएका गीतहरु बजारमा आउदा कतै हाम्रो सँस्कृति हराउने त हैन भन्ने डरले मौलिक गीत गाउन चाहना बढेको उनले बताइन् । यस गीतले ग्रामिण नारीहरुलाई माइती प्रतिको माया चाडवाईमा चेलीवेटीको महत्वको कत्तिको हुन्छ भन्ने कुरामा महत्वपूर्ण भूमिका खेल्ने गायिका टिका शर्मा कोपिलाले भनिन् । गीतलाई खेमराज पौडेल च्यानबाट सार्वजनिक गरिएको हो ।

गीतको पूरा भिड़ियोको लागि