सोमबार, भदौ २४, २०८१

थापालाई अध्यक्ष निर्वाचित गर्दै ओएनएफ अमेरिकाको दोश्रो अधिवेसन सम्पन्न

मेरिल्याण्ड । नेकपा एमलेको प्रवासको संगठन प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेसन एमाले केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अप्रिल २ मा संचालन भएको सो अधिवेशनवाट नयाँ कार्यकारी समितिको निर्वाचनमा वर्तमान महासचिव प्रभु थापा अध्यक्ष पदमा निर्वाचित भएका हुन । अन्तिम अवस्था सम्म पनि सहमति नपुगे पछि निर्वाचन मार्फत नेतृत्वको जिम्मेबार प्रभु थापाले पाएका हुन् अन्य सवै पदमा निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा टेक गुरुङ ,उपाध्यक्षहरुमा बेनी यादब कंडेल गोपाल ,श्याम राजा महत ,यमुना भट्टराई तथा ईश्वरी भट्ट निर्वाचित भएका छन् ।
यसै गरि महासचिवमा राधा कृष्ण देउजा तथा उप महासचिवमा कृष्ण प्रसाद लामिछाने निर्वाचित भएका छन यसै गरि कोषाध्यक्षमा हेमन्त भेटवाल निर्वाचित भएका छन् यसै गरि सचिवहरुमा छबि पाण्डे ,जानकी कार्की ,प्रदिप तिमिल्सिना ,उध बहादुर पन्त निर्वाचित भएका छन् ।
कार्यक्रमको उद्घाटन पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि ,एमाले संगठन विभाग प्रमुख तथा अधिवेसनका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले गरेका थिए
कार्यक्रममा बिशेष अतिथिमा पूर्व मन्त्रि युवराज कार्की ,पूर्व मन्त्रि खगराज अधिकारी , पूर्व एमाले सांसद जगदिश कुसियत , मेरिल्याण्ड तथा पेनसेलभ्यानिया बाणिज्य दुत प्रेम राजा महत,नेपाली महा बाणिज्य दुताबास न्युयोर्कका कृसु क्षेत्री ,गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष रबिना थापा ,एएनएका अध्यक्ष मेदिनी अधिकारी ,बुद्धिजीवी प्रा गोपी उप्रेती लगाएत दर्जनौ संघरसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अधिवेसनमा डीसी महानगर क्षेत्रका संघ तथा संस्थाका प्रतिनिधिहरुको साथै अमेरिकाका विभिन्न राज्यहरुबाट आएका संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम बीच मै नेपालका चर्चित हास्य कलाकार सागर लम्साल (बले सोल्टी )हरि प्रसाद निरौला (कक्रोज )ले प्रहसन गरेका थिए यसै गरि लोक गायक भगवान भण्डारी लगायत अमेरिका मा बसोबास गर्दै आएका कलाकारहरु सपना श्री तथा सिर्जना लामाले राष्ट्रिय गीतहरु प्रस्तुत गरेका थिए कलाकार तथा संस्थालाई सहयोग गर्नेहरुलाई प्रमाणपत्र प्रमुख अतिथि सुब्बाले प्रदान गरेका थिए ।
प्रमुख अतिथिको आसनवाट गुरुङले मन्तब्य राख्दै भारतले गरेको नाकाबन्दी गर्नुको कारण बारेमा जानकारी दिदै उनले मोदी अवसरबादी र उग्रबादी विचार भएको आरोप लगाए भारतले नेपाललाई पटक पटक आत्मसमर्पण गराउन खोजेको भन्दै नेपाली जनताले डटेर संघर्ष गर्दै हण्डर खादै लडेकोमा प्रशंसा गरे आफनो मन्तब्यलाई लम्ब्याउदै गुरुङले भने जताततै एमालेमय पनि नेपाल बन्दै गएकोले अब आउने स्थानीय निर्वाचन एमालेको बर्चस्व रहने बताए यसै गरि पूर्व मन्त्रि युवराज कार्कीले हामीलाई देशले प्राकृतिक हिमालबाट बग्ने निरन्तर रुपमा पानी दिएको छ उनले थप गर्दै साउदी अरब को तेल को कुवा सकिन्छ तर नेपाल पृथ्वी उलट पलट भएन भने नेपाल बाट हामी ८३ हजार मेगावाट बिद्युत उत्पादन हुन् सक्ने बताए हामी त्यसै बसेका छैनौ हामी केहि गरेर बसेको बताए ।
पूर्व मन्त्रि खगराज अधिकारीले नेपालका नेताहरुलाई सबैलाई सगोलमा प्रदेशमा बसेर गालि गर्न नुहुने भन्दै बरु बिशेष नाम नै तोकेर या किटान गर्दा उत्तम हुने बताए
यसै गरि पूर्व एमाले सांसद जगदिश कुसियतले २०६४ सालमा संबिधान जारी नेकपा माओबादी र मधेसी दलको कारण नभएको बताए िउनले नेकपा एमालेका नेता केपी शर्मा नभएको भए भारतले अझ दुख दिने थियो भने मधेसी दलले राखेको संबिधान संसोधन के को लागि भनि मधेसी दललाई प्रश्न गरे रु मदेशी दलले भारतीय भाषालाई नेपालको राष्ट्रिय भाषा समेत बनाउने कुराको बिरोध गरे  ।
अधिवेसनको सभापतित्व सभापति संजय थापाले गरेका थिए भने कार्यक्रम संचालन महासचिव प्रभु थापाले गरेका थिए  । onf amerikaतस्विर :  प्रभु थापाल