एमालेलाई पहिलो पार्टी बनाउन भुषाल देश फर्कने, विदाई सम्पन्न

नागोया,२० चैत । नेकपा एमालेलाई स्थानीय निर्वाचनमा पहिलो पार्टी बनाउन प्रवासी मंच जापान ओएनएफ राष्ट्रीय कमिटिका उपाध्यक्ष वलराम भुषाल नेपाल फर्कने भएका छन ।

नेता भुसाललाइ आज आइतवर बिदाई एवं अग्रिम शुभकामना दिदै विदाई गरेको छ ।
एमालेको प्रवासको संगठन प्रवासी नेपाली मंच जापानको राष्ट्रीय कमिटीका उपाध्यक्ष तथा प्रदेस ४ का समयोजक् तथा होकीरिकु केनका अध्यक्ष भै लामो समय जापानको एमालेको राजनीतिमा सक्रिय काम गर्दै जापानमा पार्टीलाई एकता बद्द बनाउन समेत् गहन भूमिका निर्बाह गर्नुभएका भुसाल यही अप्रिल ४ मा स्थानिय तहको निर्वाचनमा एमालेको राजनीतिलाई सुद्रिड गराउन पर्वत जिल्लाको फलेवाश नगरपालिकामा जानु हुने र उक्त क्षेत्रका युबा तथा स्थानिय ब्यक्तिको माग अनुसार नेपाल फर्कन लाग्नु भएकोले उहाको बिदाइ कार्यक्रम आज आइतवर नागोया शहरको यासेता हलमा गरिएको छ ।IMG_9205
जापानमा रहेका एमाले शुभचिन्तक तथा नेपाली महानुभाबहरु उपस्थिती रहेको थियो ।
विदाई आयोजक प्रवासी नेपाली मन्च नागोया कमिटी अशोक चन्द्र अधिकारीका अनुसार नेता भुसाल उक्त फलेवाश नगरपालिकामा मेयरको उम्मेदारी हुने समेत सम्भावना रहेको बताएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: