टोकियो,१९ चैत । सुदूरपश्चिमेलीहरुको संस्था सुदूरपश्चिमेली समाज जापानले नेपालको आर्थिक समृद्धिका लागि पर्यटन विषयक एकदिने गोष्ठी आयोजना गर्नेभएको छ ।
टोकियोको इचिगया स्टेसन नजिक रहेको जाइकाको अन्तर्राष्ट्रिय हलमा अप्रिल २ तारिख आईतवार गरिने जनाएको छ ।
नेपालमा पर्यटनको अपार सम्भावना रहेको भए पनि यसको उचित प्रबद्र्धन नभएपछि विदेशमा रहेका नेपालीहरुबाट यस्तो कार्यक्रम आयोजना हुनु सुखद संकेत हो ।
राजधानी टोकियोमा गर्न लागिएको कार्यक्रम २ चरणमा हुनेछ । पहिलो चरणमा पर्यटन सम्बन्धी अनुसन्धान तथा काम गरेका महानुभावहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
यसरी कार्यपत्र प्रस्तुत गर्नेमा विश्वेश्वर रेग्मी, पर्यटन विवषयमा विद्यावारिधी गरिरहनु भएका बिष्णु खनाल, अशिस रावल, सञ्जीवराज खनाल, भुवन शंकर भट्ट र भरत सिंह नेगी रहेका छन ।
दोस्रो चरणको कार्यक्रममा सामूहिक छलफल गरिनेछ । जसमा जापानका लागि नेपाली कार्यवाहक राजदूत लगायत सम्बन्धित क्षेत्रमा अनुसन्धान तथा काम गर्दै आउनु भएका विज्ञहरु हुनेछन । कार्यक्रम दिनको साडे दश वजे देखि सुरुहुने जनाएको छ ।
उक्त कार्यक्रम आयोजकले नेपालको पर्यटन प्रबद्र्धनका लागि आयोजित सो कार्यक्रममा जापानमा रहेका नेपालीहरुलाई उपस्थिति हुन आव्हान समेत गरेको छ ।