शुक्रबार, बैशाख १४, २०८१

को हुन भारद्वाज ऋषी ?

दुर्लभ बन्धु पोखरेल, चितवन ।
झट्ट हेर्दा ऋषी भन्ने बेत्तिकै हाम्रो मानसपटलमा लामो लामो दारी जुँगा पालेको लट्टा परेको कपालपालेको, खरानी धसेको यस्तै यस्तै ख्याल आउछ। तर यथार्थमा दारी जुँगा पालेर खरानी धस्दैमा ऋषि भइने भने हैन । ऋषीको अर्थ मन्त्रद्रस्टा हुन आउछ । मन्त्र लेख्न सक्ने व्यक्तिहरुलाई ऋषी भनिन्छ ।

हिन्दु धर्मअनुसार चारै बेदका बीस हजार मन्त्र लेख्ने व्यक्तिहरुलाई ऋषि भनियको छ । जसमापनी चारै वेदको मन्त्र लेखनमा मुख्य भुमिका रहेका ऋषीहरुलाई सप्तऋषि भनिएको छ ।
तिनै सप्तऋषि मध्यका एकहुन भारद्वाज ऋषी-ऋषी बशिष्ठ र विस्वामित्र पछी उनलाई उच्च स्थानमा राखिन्छ । पिता वृहस्पति र माता ममता को शन्तान रुपमा जन्मलियका भारद्वाज ऋषीको नामाकरणको बारेमा विभिन्न भनाई पाईन्छ । एकाथरीका अनुसार उनी जन्मदै माता पितामा “भारद्वाज मिमम” (तिमीले पाल ) भन्नेकुरामा बहस भएकोले यिनको नाम भारद्वाज रहनगयको हो भन्ने बुझाई छ भने अर्काथरीका अनुसार माता पिताको त्यागपछी उनलाई वैषाली नरेश मरुतले भेटाएर पालेको र पछी उनलाई राजा भरतले लगी पालन,पोषण, शिक्षा दिक्षा गरायको र उनलेनै भारद्वाज यज्ञ गराएकाले भारद्वाज भनियको भनाईपनी छ।पछी उनी उनै राजा भरतको कुल पुरोहितपनी रहेको र उनी सगै यज्ञ अनुस्ठान लगएर राजा भरतलाई उपमनी नामको पुत्र प्राप्ति भएक भन्ने भनाई छ ।

उनी वेद को अध्यता रहेको र उनलाई वेदको अध्यानगर्न एक आयु वर्षले नपुगेकाले इन्द्रलाई प्रसन्नगरि सय, सय बर्ष गरि तीन सय वर्षको आयु पाएकाले उनको जिवनकाल द्वापर र त्रेता दुबै कालमा रहेको पाइन्छ ।
भारद्वाज ऋषीको बिवाह सुसिला सग भएको पाइन्छ । भारद्वाज ऋषी को ऋजिष्वा, गर्ग, नर, पायु, वसु, शास, शिराम्बिठ, शुनहोत्र, सप्रथ र सुहोत्र, रात्रि , कशिपागरी १२ सन्तान रहेको पाइन्छ । यिनै वंश बिस्तारहुँदै आजको भारद्वाज गोत्र वंश बन्न पुगेको देखिन्छ । हुनत विभिन्न शास्त्रहरुमा दोर्णचार्यपनी भारद्वाज ऋषीकै सन्तान रहेको पाइन्छ । माहाभारतका अनुसार भारद्वाजऋषी अप्सरा घृताचीसँग आकर्षितथिए र उनीहरुकै सन्तानको रुपमा दोर्णाको जन्म भयको थियो किम्बदन्ती अनुसार उनको जन्म पातको दुनामा भएकोले उनको नाम दोर्णा रहनगहेको हो। भाजद्वाज गोत्र नेपालको विभिन्न भुगोल र समुदायमा पाइन्छ सुवेदी,चौलागाईं,पन्थी,सिलुवाल,सिजापति,बिष्ट,वाग्ले,लोहनी,पन्त,धामी,दूध पोख्रेल,सिवाकोटी,देवकोटा,निरौला,भण्डारी,बोहोरा,शुद्ध खड्का,राउल,कंडेल,श्रीपाली-बस्नेत,कुलेटा-पाण्डे,जलौटा-जोशी,धामी-अधिकारी पर्दछन ।

भारद्वाजऋषी पृथ्वीमा आयुर्वेदको सुरुवातकर्ता मानिन्छ। चरकसंहिताका अनुसार तत्कालीन समयमा मानिहरुमा रोगले आक्रमण गर्नथालेपछी ऋषीहरुको भेलाले उनलाई देवराज इन्द्रकोमा पठाएको र उनले इन्द्रसँग आयुर्वेदको ज्ञानसिकी पृथ्वीमा भित्राएको मानिन्छ। रामायणका अनुसार रामले रावण बिजयको ज्ञानपनी उनै भारद्वाजऋषीसँग पाएको मानिन्छ। जब राम बनवासमा निस्कन्छन सर्वप्रथम उनले भारद्वाज ऋषीको मा वास बसेको र उनै मार्फत रामले बनवास यात्राको कारण र लक्ष्य र उपाय सम्मको ज्ञान पाएका थिए र ऋषीकै दिशानिर्देशमा रावण बिजय गरेका थिए। राम रावण बिजयपछी अयोध्या फर्कनेबेलामापनी भारद्वाजऋषीलाई भेटेर फर्केको पाइन्छ ।

भारद्वाजऋषी तपस्वी, ज्ञानी, दुरद्रष्टा तथा मन्त्रद्रष्टा रहेको पाइन्छ । उनले ऋगवेदमा ७६५ तथा अथर्ववेदमा थुप्रैमन्त्र दिएकाछन । यसका अतिरिक्त धर्मशास्त्रको इतिहास भन्ने ग्रन्थमा भरद्वाजलाई धर्मशास्त्रका व्याख्याताको रूपमा पनि प्रस्तुत गरिएको छ । उनले भारद्वाज स्मृति तथा यन्त्र सर्वस्व नामक ग्रन्थको रचना गरेका थिए ।
यही यन्त्र सर्वस्वको केहिभाग स्वामी वृहमुनीले विमान शास्त्रको नामले प्रकाशन गरेका थिय। यसमा विमान चालकले जान्नपर्ने ३२ ज्ञानको बारेमा वर्णन गरिएको छ । भारद्वाज गोत्र बन्धुहरुले हरेक वर्ष बुद्ध पुर्णिामाको दिन उनै कुल गुरु भारद्वाज ऋषीको संम्झनामा यज्ञ अनुष्ठान गर्ने गर्दछन ।