मङ्गलबार, बैशाख ३०, २०८२

गायक साहिल खड्काको गीत “के यो माया हो “सार्वजनिक

जापान,१७ चैत । नेपाली लोक पप क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका गायक साहिल खड्काको अर्को उत्कृष्ट एल्बम प्रियसी -२ को दोश्रो गीत “के यो माया हो” सार्वजनिक भएको छ ।
बुवा राम बहादुर खड्का र आमा लक्ष्मी खड्काको कोखबाट म्याग्दीको घारामा जन्म लिनु भएका शाहिल खड्काले दोश्रो एल्बम लिएर आउनु भएको हो । हाल जापानको कामाता सिटीमा बस्दै आउनु भएका खड्काको पहिलो एल्बमबाट त्यो मन मा भन्ने गित दर्शकले एकदम रुचाएको गित हो भने अहिलेको एल्बममा चार वटा गित भएता पनि भिजोल एउटा मात्र बजारमा सार्बजानिक गरिएको छ ।
अरू पनि भिडियोको लागी तयारी भई रहेको खड्काले बताउनु भयो ।
खड्काकै शब्द संगीत र आवाज रहेको गीतमा अभिनय चर्चित मोडल यालिसा राईले गरेकी छिन भने साहिल खड्कालेनै दिएका छन ।जीवन चौलागाईको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन भने अनिल के मानन्धरले गरेका हुन् ।सिलन लम्सालको सम्पादनमा तयार भिडियो यो बेला भाइरल भएको छ । साहिलको यो भन्दा अगाडिको गीत पनि निकै चर्चाको सिखरमा पुगेको थियो ।