शुक्रबार, कार्तिक २३, २०८१

काभ्रेली समाज जापानले राजु लामा सांगितिक साँझ गर्ने

चसिला तामाङ,टोकियो,१६ चैत । जापानमा रहेका काभ्रेलीहरुको साझा सामाजिक संस्था काभ्रेली समाज, जापानले राजु लामा लाईभ सांस्कृितक साँझ गर्ने भएको छ ।

आगामी अप्रिल ३० आईतबार दिन सडक बालबालिहरुको स्वास्थ्य र शिक्षाको लागि सहयोगार्थ सो संस्कृतिक साँझ आयोजना गर्न लागिएको समाजको अध्यक्ष मेख लामाले बताउनुभएको छ ।  विशुद्ध सामाजिक सेवा गर्ने उदेश्यले २०१६ सेप्टेम्बर ४ मा स्थापना भएको काभ्रेली समाज जापानले छोटो समय मै विभिन्न क्षेत्रहरुमा सामाजिक सेवाहरु प्रदान गर्दै आएको छ । जापानमा मृत्यु भएका रमेश तामाङ,टीना गुरुङ र शिव शिब रोक्का मगरलाई आर्थिक सहयोगका साथै जापानमा बिभिन्न संघ संस्थासंग समन्वय समेत गर्दै आइरहेको छ ।यसै क्रमसंगै यहि आउँदो अप्रिल ३० आइतबार गोल्डेन वीकको पावन अवसरमा सडक बालबालिकाहरुको शिक्षा र स्वास्थ्यको सहयोगार्थ राजु लामा लाईभ संस्कृतिक साँझ २०१७ कार्यक्रम अन्तिम तयारीमा रहेको सामाजका संरक्षक द्वय भुवन अधिकारी र कपिलदेब थापाले जानकारी दिनु भएको छ ।

यस सांस्कृतिक कार्यक्रमको लागि अहिलेको चर्चित युबा गायक राजु लामा जापान आउने भएका छन् । यसको साथै जापान मै रहेका स्थानीय कलाकारहरूको बेजोड़ प्रस्तुति रहनेछ साथमा लोक दोहोरी,सेलो दोहोरी,बेली नृत्य र डिजे सेसन समेत रहने समाजका सचिब रूपक तामाङले जानकारी दिएका छन् ।

टोक्योको मेगुरो स्थित कुमिन सेन्टर हलमा दिनको ४ बजे बाट शुरु हुने कार्यक्रमको लागि जापानबासी सम्पूर्णलाई उपस्थित भई कार्यक्रम सफल परिदिन आयोजक संस्था काभ्रेली समाज जापानले आग्रह समेत गरेका छन् । kavre 2