सोमबार, भदौ २४, २०८१

प्रवासमा रहेर नेपाली सिने क्षेत्रलाई माया गर्ने यि हुन नेपाली नायिकाहरु

काठमाडौं,११ चैत ।  पछिल्लो समय विदेशमा बसोबास गर्दै आएका नेपाली युवतीहरुको नेपाली सिनेमा प्रवेशको संख्या बढ्दो छ । त्यसो त हलिवुड होस या बलिवुड, संसार भरिका चलचित्र उद्योगमा जँहा पनि कला भएका कलाकारहरुको प्रवेश हुने चलन त चलेकै छ । चलनअनुसार नेपाली सिनेमा क्षेत्रमा केही ‘एनआरएन अर्थात गैरआवासीय नेपालीहरु नायिकाहरुले प्रवेश गरेका छन् । जसमध्ये केहीले सफलताको हासिल गरेका  छन् भने केहीले सफल हुने क्रममा मौका पर्खेर बसेका छन् । नेपाली सिनेमामा काम गरेका केहि एनआरएन अभिनेत्रीहरुको बारेमा चर्चा गरेका छौं  । जो विदेशमा आफ्नो काम ,पढाई तथा सामाजिक क्षेत्रमा समेत र  नेपाली सिनेमाको लागि केही समय खर्चेका छन् ।  यही

साहारा कार्की

सिनेमा ‘दर्पण छायाँ–२’ बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा कार्कीले पहिलो सिनेमाबाटै राम्रो प्रतिक्रिया पाइन् । सिनेमा हेरिसकेपछि उनको अभिनय राम्रो भएको प्रतिक्रिया धेरैले दिए । साहारा बिगत १० वर्षयता अमेरिकामा बसोबास गर्दै आएकी छिन् ।  पहिलो सिनेमा पछि उनको अन्य सिनेमामा काम गर्ने या नगर्ने त्यसको आधिकारिक जानकारी भने बाहिरिएको छैन ।

श्रृष्टी श्रेष्ठ

सिनेमा गाजलुबाट भित्रिएकी अभिनेत्री हुन् श्रृष्टी श्रेष्ठ । सन् २०१२ कि मिस नेपाल समेत रहेकी श्रृष्टीले पहिलो सिनेमाबाटै नेपाली सिनेमामा राम्रो छाप छाडिन् । पहिलो सिनेमाको सफलता पछि श्रृष्टीलाई अन्य सिनेमाहरुको लाइन लाग्यो । जसमध्ये उनले सिनेमा ‘रोमियो एण्ड मुना’ छानिन् र हाल त्यहि सिनेमाको तयारीमा व्यस्त छिन् । श्रृष्टी बेलायत बस्ने एनआरएन हुन् ।

दिया पुन

अभिनेत्री दिया पुन पनि बेलायत बस्ने एनआरएन हुन् । नेपाली सिनेमा ‘वीर विक्रम’ बाट सिनेमामा ब्रेक लिएकी उनले  दोस्रो सिनेमा ‘बम काजी’ मा काम गर्दैछिन् । पहिलो सिनेमाबाट राम्रो प्रतिक्रिया पाएकी दियाको सुन्दरताको पनि खुबै तारिफ हुन्छ ।

सुचित्रा आचार्य

एनआरएन भएर नेपाली सिनेमामा काम गर्ने अर्की अभिनेत्री हुन् सुचित्रा आचार्य । उनी हाल अस्ट्रेलियामा बसोबास गर्दै आएकी छिन् । यहि वर्षको कार्तिक २६ मा रिलिज भएको सिनेमा ‘जंग बहादुरको कोट’ मार्फत नेपाली सिनेमामा ब्रेक लिएकी थिइन् ।

कथा राम्रो हुँदा पनि सिनेमाले दर्शकको साथ भने खासै पाएन । त्यसमाथि पनि पुरुष पात्रहरुमा केन्द्रित यो सिनेमाले उनलाई ओझेलमा पारिदियो । पहिलो सिनेमा पछि उनी सिनेमाबाट भने गायबै भएकी छिन् ।

प्राप्ती घिमिरे

नेपाली सिनेमा ‘काठमाडांै’बाट सिने उद्योगमा भित्रिएकी अभिनेत्री प्राप्ती घिमिरे पनि गैरआवसीय नेपाली हुन् । हाल उनी जर्मनीमा बसोबास गर्दै आएकी छिन् । प्राप्तीले पहिलो सिनेमाबाट राम्रो प्रतिक्रिया मात्रै पाइनन् नव नायिकाको अवार्ड पनि जितिन् । उनलाई नेफ्टाले उत्कृष्ट नव नायिकाको अवार्डले सम्मानित गरेको थियो । 

आशिका तामाङ

अभिनेत्री आशिका तामाङले नेपाली सिनेमा ‘सुश्री’बाट निर्मात्री र अभिनेत्रीको रुपमा सिने उद्योगमा प्रवेश गरिन् । तर उनलाई अभिनेत्रीको रुपमा दर्शकले त्यति धेरै रुचाएको पाइएन । आशिका पनि जर्मनीमा बसोबास गर्दै आएकी छिन् । उनी सिनेमा सुश्रीमा निकै बोल्ड अवतारमा देखिएकी छिन् जसमा उनका को–स्टार आर्यन सिग्देल थिए । आशिकाको सिनेमा सुश्री यु–ट्युबमा उपलब्ध छ ।

सारा

अभिनेता निखिल उप्रेतीको सिनेमा रुद्रबाट ब्रेक लिन लागेकी  अभिनेत्री सारा पनि गैरआवासीय नेपाली हुन् । बिगत केही वर्ष यता बेलायतमा बसोबास गर्दै आएकी उनले सिनेमा भन्दा पहिले केही नेपाली म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । साराले बेलायतमा बसेर चार्टड एकाउण्टेन कोर्ष गरेकी छिन् ।  

मिरुना मगर

अभिनेत्री मिरुना मगर गैरआवासीय नेपालीको सूचिमा पर्ने कलाकार  नै हुन् । सिनेमा ‘लालपूर्जा’बाट नेपाली सिनेमामा ब्रेक लिएकी उनी बेलायत बसोबास गर्दै आएकी छन्  । नेपाली सिनेमाको काम सकाएपछि उनी हाल बेलायतमै छिन् ।@उज्यालोअनलाईन