बिहिबार, चैत १५, २०८०

गायक चेतन र गायिका शान्ति श्री को सुमधुर आवाजमा लोकदोहोरी गीत ‘गण्डकी’ बजारमा

जापान : जमुना कम्पनी जापानले पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा समेत सक्रियता बढाएको छ । माउण्टेन रोधी नामक युट्युबबाट नेपाली लोक संगीतको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले साँगितिक क्षेत्रमा लगानी बढाएको कम्पनिले “गण्डकी”नामक लोकदोहोरी गीत सार्वजनिक गरेको छ।

जापानलाई कर्मथलो बनाई नेपाली लोक गीतको क्षेत्रमा संघर्षरत गायक चेतन घर्ति मगर र चर्चित गायिका शान्ति श्री परियारको सुमधुर आवाजमा लोकदोहोरी गीत “गण्डकी”बजारमा आएको हो ।

गीतमा बरिष्ठ लोक दोहोरी सर्जक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजिको उत्कृष्ट शब्द रहेको छ भने लय स्वयम् गायक चेतन घर्ति मगरको रहेको छ। गीतको प्रस्तुतकर्ताको रुपमा जमुना कम्पनिका सिईयो, समाजसेवी राजु कंडेल तथा जमुना सापकोटा कंडेल रहनुभएको छ।

गीतमा चर्चित मोडल रिना थापा र टिकटक स्टार बिजय पुनको दमदार अभिनय देख्न सकिन्छ भने भिडियो निर्देशन राजकुमार मगरको रहेको छ। राजकुमार मगरकै सम्पादन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ भने गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट बनेको प्रतिक्रिया समेत युट्युबमा देख्न सकिन्छ ।
यस्तो छ गीतको पूर्ण भिडियो