जापान । नेपाली जनप्रगतिशील मञ्च जापान च्यूबु मिए क्षेत्रीय समितिले सोमबार आयोजना गरेको बाबिक्यू , सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवास समन्वय समितिका सदस्य तथा पूर्वी एसिया संयोजक हर्क थापाले विगतका दिनमा श्रमजिवी वर्ग र उत्पीड़ितको पक्षमा आफ़नो महत्वपूर्ण भूमिका निर्वाह गरेका हामीहरूले त्यसलाई सहि रूपमा कार्यान्वयन गराउन नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ़नो आफ़नो ठाऊबाट फेरि महत्वपूर्ण योगदान प्रदान गर्नका लागि समेत आग्रह गरेका छन ।
सो कार्यक्रममा बोल्दै नेपाली जनप्रगतिशील मंच जापानका अध्यक्ष भवानी पन्तले आस्था र विचारका आधारमा प्रवासमा रहदा निकट भएका हामीहरूलाई यस्ता कार्यक्रमले संगठनलाइ गतिशिल बनाउनुका साथै संगठन भित्रका साथीहरू बिचमा थप सामिप्यता ल्याउने बताए ।
मंचका सल्लाहकार तथा निवर्तमान सचिव सालिकराम भण्डारीले मंचलाई आगामी दिनमा सामाजिक कार्यमा थप सकृयता दिने खालका योजनाहरू ल्याइ सबै क्षेत्रमा रहेका संघसस्थाहरु संग समन्वय गरि परिणाममुखी कार्य गर्नका लागि सुझाव प्रदान गरे ।
कार्यक्रममा पूर्व अध्यक्ष मोहन खत्री, च्यूबु मिए क्षेत्रीय समिति इन्चार्ज गौरी सापकोटा, केन्द्रीय उपाध्यक्ष आरएच गौतम,कान्साइ क्षेत्रीय समितिका इंचार्ज गौरीशंकर गैरे लगाएतले यस्ता कार्यक्रम गरि प्रवासमा रहेका साथीहरूका बिचमा आत्मीयता बढ़ाउन आग्रह गरेका थिए ।
सोही अवसरमा च्यूबु मिए क्षेत्रीय समितिका इन्चार्ज गौरी सापकोटालाइ स्वागत समेत गरिएको थियो । कार्यक्रममा क्षेत्रीय समिति सल्लाहकार संयोजक राम खत्री, धन खत्री, गंगा घर्ती, अजय थापा केन्द्रीय सल्लाहकार नर बहादुर थापा लगाएतको उपस्थिति थियो ।
कार्यक्रम च्यूबु मिए क्षेत्रीय समितिका अध्यक्ष हरिदोङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव रन्जित गौतमले गरेका थिए भने सम्पूर्ण कार्यक्रमको संयोजन क्षेत्रीय उपाध्यक्ष नवराज चापागाईले गरेका थिए ।

