सोमबार, भदौ २४, २०८१

प्रवासी नेपाली मञ्च जापानको कार्यबहाक अध्यक्षमा भण्डारी

जापान  । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ गाउँपालिका प्रमुखमा उम्मेदारी बन्न् नेपाल गएसी कार्यबहाक अध्यक्षमा बाबुराम भन्डारीलाई तोक्नु भएको छ  ।

गाउँपालिका प्रमुखमा श्रेष्ठ पर्वत जिल्ला कमिटीबाट सिफारिसमा परे पछि नेपाल फर्कनु भएको छ र प्रवासी नेपाली मंच जापानका लागी कार्यबहाक अध्यक्षमा बाबुराम भन्डारीलाई तोक्नु भएको हो ।

भण्डारी यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।
अध्यक्ष श्रेष्ठलाई मंचका अर्का उपाध्यक्ष सिदार्थ श्रेष्ठ ,कोषाध्यक्ष पशुपती गिरी, कान्तो कमिटिका उपाध्यक्ष महेन्द्र कुमार अधिकारीले हानेदा एर्पॉर्टबाट बिदाइ गर्दै चुनावमा जित्न शुभकामना दिइएको थियो ।

श्रेष्ठ पर्वतको पैंयू गाउपालिकाबाट टिकट पाउने भएपछी नेपाल फर्केका हुन । सो क्षेत्र कांग्रेस बलियो रहेको छ । श्रेष्ठले सो पैंयू गाउपालिकामा एमालेमय बनाउने योजना बनाएका छन । सो क्षेत्रको हुवास एमालेको गढ गाविस हो भने विहादी गाउंपालिकामा रानीपानी र शालिग्राम मात्र एमालेका राम्रा गाविसका रुपमा मानिन्छन् । अरु वहाकी, उराम, बाच्छा वराचौर लगायतका गाविस कांग्रेसका प्रभाव भएका गाविस मानिन्छन जो अहिले वडाका रुपमा रहेका छन् । पैंयू गाउंपालिका र विहादी गाउंपालिकामा कांग्रेस केहि मतले अगाडि रहेको र त्यसलाई चिरेर कांग्रेसमुक्त स्थानिय तहको लागि वामएकता गरेर चुनावमा जाने तयारीमा समेत रहेको बताइएको छ । एमाले, माओवादी केन्द्र, जनमोर्चा, वैद्य माओवादी र चुनावमा भाग नलिएपनि विप्लव निकटको नेपाल कम्युनिष्ट पार्टीविचमा संवाद गराएर चुनावी एकता गर्ने प्रयास भइरहेको बुझिएको छ । राप्रपा समेतलाई विश्वासमा लिएर कांग्रेसविरोधी मार्चाको तयारी गरिएको बुझिएको छ ।

पैयूं गाउपालिकामा एमालेका तर्फवाट मित्रलाल वस्याल, महेन्द्र श्रेष्ठ मध्येवाट एक उठनेछन भने कांग्र्रेसवाट जस्मति गुरुङ र डम्बर कुमार प्रधानमध्येवाट एकले टिकट लिनेछन् । एमालेवाट मित्रलाल वस्याल उठने सन्दर्भमा कांग्रेसले खगेन्द्र तिवारीलाई अगाडि बढाउने सोच बनाएको छ भने महेन्द्र श्रेष्ठ उठेको सन्दर्भमा डम्बर कुमार प्रधान या जस्मति गुरुङलाई उम्मेदवार बनाउनेछ । एमालेले पनि पैयूं गाउपालिकामा कसलाई उम्मेदवार बनाउने भन्ने सन्दर्भमा कांग्रेसले कसलाई उठाउछ भनेर निक्र्योलमा पुग्न सकिने स्थानीय एमाले नेताले बताएका छन् । जनजातिवाट जस्मति गुरुङ , डम्बर कुमार प्रधान उठेको सन्दर्भमा महेन्द्र श्रेष्ठलाई टिकट दिन एमाले लचिलो देखिन्छ भने अरु खगेन्द्र तिवारी, एकनारायण न्यौपाने, राजेन्द्र तिवारी उठेको सन्दर्भमा मित्रलाल वस्याललाई नै उठाउने एमालेले योजना बनाउने बुझिएको छ । एमालेवाट मित्रलाल वस्याल र कांग्रेसवाट खगेन्द्र तिवारी उम्मेदवारी पर्यो भने कडा प्रतिस्पर्धा हुने बताइएको छ । उनीहरु दुवै उक्त गाउंपालिकामा पपुलर उम्मेदवारका रुपमा मानिन्छन् । दुवै हिजो प्रंचायतमा प्रधानपञ्च हुदै बहुदलपछि कांग्रेस र एमाले भएका थिए । माओवादी केन्द्रका जयनारायण तिवारीले गाउंपालिकाको अध्यक्षका रुपमा रहर गरेका छन् तर उनलाई एमालेले अध्यक्ष नदिने कारण उनले प्रदेशमा माओवादी केन्द्रलाई सर्पोट गर्ने सर्तमा आफुहरु त्यहां एमालेलाई सहयोग गर्न तयार रहेको बताएको बुझिएको छ ।

यही वैशाख ३१ गते सरकारले स्थानीय निर्वाचन हुने जनाएको छ ।