टोकियो । नेपाकेनद्वारा आयोजित छैठौँ वक्तृत्वकला प्रतियोगिता नविन पौडेल प्रथम हुदैँ रिस्योउ विश्वविधालयको सभाहलमा सम्पन्न गरिएको छ ।
जापानका लागि नेपाली कार्यवहायक राजदुत कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथ्यतामा मार्च २० मा रिस्योउ विश्वविद्यालयसँग समन्वय गरी कार्यक्रम गरिएको थियो साथै विश्वविध्यालय प्रमुखले नेपाली विधार्थीहरूको खुलेरै प्रसंसा गरेका थिए ।
कार्यक्रमको संयोजक शंकर बराईलीले गर्नु भएको थियो । उक्त वक्तृत्वकलालाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद व्यक्त गर्दै प्रतियोगितामा भाग लिनु भएका सबै प्रतियोगिलाई हार्दिक बधाई ज्ञापन आयोजकले नेपाकेनले गरेको छ ।
प्रतियोगितामा सहभागि १६ जना सबैको प्रस्तुति उत्कृष्ट रहेको थियो । प्रतियोगीहरू मध्ये प्रथम द्वितीय र तृतीय हुनेलाई क्रमशस् ५० हजार,३० हजार र २० हजार येन, प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो । प्रथम हुन सफल प्रतियोगिले विपरीत सोचको साथि नामक शिर्षकमा आफ्नो विचार राखेका थिए ।
त्यसै गरी अन्य विभिन्न शीर्षकमा थप ४ जनाले १०/१० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रथम : नविन पौडेल ९ नेपाली राजदुतावास राजदुत पुरस्कार०
द्वितीय : होम बहादुर तामांग ९खानगावा कोकुसाई कोउरियुउ जाईदान रिच्योउ पुरस्कार०
तृतीय : राम शर्मा भवन भट्ट च्यालेन्ज अवार्ड
दर्शककको छनोटमा परी अडियन्सस्योउ प्राप्त गर्ने
मोनिका तामांग
रिस्योउ दाईगाकु तोकुवेचु स्योउबाट साजन श्रेष्ठ
नेपारू खाइ खाईच्यो स्योउ सुदन राय
खावासाकि स्योउकोउ खाइगिस्यो तोकुवेचुस्योउ प्रकाश भट्टराई भएका थिए ।
नेपाली र जापानीज मिडीया सहित दर्शकहरूको उत्साहजनक उपस्थिति माझ भव्यरूपमा कार्यक्रम सफल भएको थियो । कार्यक्रममा एभेरेष्ट इन्टरनेशनका बिधार्थीहरुले नृत्य प्रस्तुत गरी मनोरंजन प्रदान गरेको कार्यक्रमका प्रचार प्रसार संयोजक मदन चापागाईले जानकारी दिनुभयो ।