बिहिबार, असोज २४, २०८१

एनआरएनएको दुई दिने एसिया प्यासिफिक भेला सम्पन्न

क्वालालम्पुर ।  गैर-आवासीय नेपाली संघको दुई दिने एसिया प्यासिफिक भेला आईतवार ९ वुदे क्वालालम्पुर घोषणा जारी गर्दै सम्पन्न भएको छ ।

‘दक्ष जनशक्ति, उद्यमशीलता संमृद्ध नेपालको आवश्यकता’ भन्ने नाराका साथ क्वालालम्पुरमा सम्पन्न छ । मध्यपूर्व र मलेसिया लगायतका देशमा बैदेशिक रोजगारमा भएका ठगी, अनियमितता, अपारदर्शीताको अन्त्य गरी कामदारहरुको अधिकार र सुविधाको संरक्षण गर्दै वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र न्यायपूर्ण एवं सुविधायुक्त बनाउनु पर्ने उल्लेख छ ।

यसैगरी न्युनतम तलब, फ्रि भिसा फ्रि-टिकट लगायतका सरकारी निर्णयसहित मौजुदा कानुनको अक्षरसः कार्यान्वयन गराउन र दण्डहीनताको अन्त्य गरी पीडित कामदारहरुको शीघ्र उद्धार, न्याय र क्षतिपूर्तिको सुनिश्चिताको लागि आवश्यक कानुन (संशोधन), स्रोत र संयन्त्रको विकासमा नेपाल सरकारसँग संस्थागत सहकार्य गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गरिएको छ ।

मलेसिया, थाइल्याण्ड र म्यानमारमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मुलका बासिन्दाहरुलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अन्तर्राष्ट्रिय समन्वय परिषदमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने, वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई कतिपय नेपाली मूलका नागरिकहरुले नै गरिआएको शोषण र ठगी कम गर्न सम्बन्धित गन्तव्य मुलुकको नेपाली राजदूतावास र संघको सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदमार्फतपहल गर्ने उल्लेख छ ।